Loading... आजः १ माघ २०८२, बिहीबार

कालिकोटमा कांग्रेसबाट भुपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस


कालिकोट – नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही सहित तीन जनाको नाम सिफारिस गरेको हो ।
शाही २०७० सालको दोस्रो संबिधान सभा र २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत हुन् । उनी कालिकोटमा निकै लोकप्रिय नेता भएपनि २०७४ सालमा भएको नेकपा माओबादी केन्द्र र नेकपा एमालेको बाम गठबन्धनका कारण चुनावमा पराजित भएका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस माओबादी गठबन्धनका कारण कालिकोटमा माओबादीको भागमा प्रतिनिधि सभा पर्दा उनी उम्मेद्वार नै बन्न पाएन् । नेपाल बिद्यार्थी संघको बिद्यालय ईकाइृ कार्यसमिति हुँदै नेविसंघ केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्षका साथै नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको केन्द्रीय महासचिव पनि भईसकेका नेता हुन् ।
जसमा पहिलो नम्बरमा भुपेन्द्रजंग शाही, दोस्रोमा पार्टी सभापति अम्बबहादुर शाही र महिला तर्फ सिता रावलको नाम सिफारिस गरेको छ । यस्तै प्रतिनिधि सभा समानुपातिक तर्फ नेपाली कांग्रेस कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, महाधिवेशन प्रतिनिधि सुशीला शाही बम र दलित तर्फ मानबहादुर नेपालीको नाम सिफारिस गरेको छ । यस्तै राष्ट्रिय सभाका लागि युवा नेता टेकराज शाही र यसोधा शाहीको नाम सिफारिस गरेको छ ।