एमाले-काँग्रेस कर्णालीको बैठक सम्पन्न

सुर्खेत- नेकपा (एमाले) र नेपाली काँग्रेस कर्णालीको बैठक सम्पन्न भएको छ । एमालेका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलको रोहवरमा एमाले र काँग्रेसको बैठक बसेको हो ।
बैठकले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट अन्य तर्फका उम्मेदवार ललितजंग शाही र महिलातर्फ नेकपा (एमाले) की उम्मेदवार मिनासिंह रखाललाई मत दिई विजय गराउन कर्णाली प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुखहरु साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसैगरी, राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि समयमै मतदानस्थलमा उपस्थित हुन दुवै पार्टीको तर्फबाट पहल गर्ने सहमति भएको हो ।
बैठकमा एमालेका तर्फबाट अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा सहभागी थिए । यसैगरी नेपाली काँग्रेसको तर्फबाट सभापति ललितजंग शाही र महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।









ई-कर्णाली खबर
२४ पुष २०८२, बिहीबार ०८:३२