सुर्खेत महिला जेसिजको अध्यक्षमा मनु सुनार

सुर्खेत– गत मंसीरमा चयन गरिएका सुर्खेत महिला जेसिजको नयाँ कार्यसमितिको पद हस्तान्तरण गरिएको छ । जेसिजकाे १५ औँ वार्षिक साधारणसभाबाट बर्ष २०२५ काे कार्यसमितिले बर्ष २०२६ का लागि मनु सुनारको अध्यक्षतामा सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेकाे हाे ।
कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा भिमा शाही र पशुपती बुढा छन् भने उपाध्यक्षमा स्वस्तिका बिसी, रितु बयलकोटी, निशा बुढा, लक्ष्मी बिसी, महासचिवमा भावना राना लगायत छन् । अध्यक्षमा पदभारग्रहण गरेकी जेसिज नेतृ मनु सुनारले आफ्नाे जिम्मेबारी प्रभावकारी रूपमा निर्वाह गर्दै आगामी वर्ष सुर्खेत महिला जेसीजलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले सामाजिक सेवा र नेतृत्व विकासमा सुर्खेत महिला जेसिजले ठाेष कार्यक्रमहरु तय गरि अगाडि बढ्ने उद्घाेष गरिन् ।









ई-कर्णाली खबर
२८ पुष २०८२, सोमबार १५:४८