Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

वालिङमा फुट्सल सञ्चालनमा

स्याङजा ।  स्याङ्जामा फुटसल कोर्ट संचालनमा आएको छ।  वालिङ नगरपालिका ८ बीपी चोकमा स्थापित फुटसल जिल्लामै पहिलो हो। वालिङ् स्पोर्टस् सेन्टरले औपचारिकरुपमा आइतवारदेखि खेल सुरु गर्ने जनाएको छ।

स्थानीय खेलप्रेमी गणेश सुवेदीले छ रोपनी क्षेत्रफलमा झण्डैं एक करोडको लागतमा आर्कषक फुटसल कोर्ट तयार पारेका हुन। आउदा दिनमा ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेण्ट, लज सहितको योजना अनुरुप भौतिक पूर्वाधारका कामजारी रहेको सुवेदी भन्छन्।

पछिल्लो समय सबै उमेर समूहको खेलप्रति आकर्षण बढेका बेला आफनै नगरमा फुटसल सञ्चालनमा ल्याएका सुबेदीले नमूना कामको थालनी गरेका छन्। फुटसल संचालनपछि दैनिकी काममा ब्यस्त रहने र खेलप्रति लगाव हुनेका लागि साँझ बिहान समयमा सदुपयोग गर्ने थलो बन्नेछ।

फुट्सल उदघाटन गर्दै सभापति मोहन रेग्मी, प्रमुख दिलिपप्रताप खाँण, जेष्ठ सदस्य टुकप्रसाद सुवेदीलगायत। तस्बिर : अन्‍नपूर्ण

साँझ, रात, घाम पानी नभनीकन खेल्न पाइनेहुदाँ हामी जस्ता नियमित खेलको अभ्यास गर्नेलाई सहयोग पुग्ने बताउँछिन ट्रिनिटी क्लबका अस्मिता रनपाल । घरभित्र खेलिने हुँदा फुर्सदको समय मिलाएर खेल्न सकिने फुटबल खेलाडी समेत रहेकी रनपालको भनाइ छ।

फुटसलको गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुबेदीले शनिबार उद्घाटन गरेका छन्। उदघाटनका क्रममा सभापति रेग्मी, वालिङ नगर प्रमुख खाँणले खेलाडीको क्षमता प्रस्फुट गर्ने थलोका रुपमा विकास गर्दै व्यवसायिक खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए।

यसैगरी, सोही वडा अध्यक्ष कमलप्रसाद सुबेदी, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य लालबहादुर ज्वारचन, नवप्रभात युवाक्लबका पूर्व अध्यक्ष बालकृष्ण सुबेदी, सचिव तोलाकान्त बगाले र फुट्सल सञ्चालक गणेश सुवेदी लगायतले खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउने हुदाँ यसलाई निरन्तरता दिनुपर्ने बताए।


error: Content is protected !!