Loading... आजः ६ बैशाख २०८१, बिहीबार

अरे.तिमिले दिने गरेको उत्तर गजवको छ

      गजल-

अरे…तिमिले दिने गरेको उत्तर गजवको छ,
अनि मेरो तिमिलाई पाउने रहर गजवको छ,

आफ्नै मान्छे पनि नचिने झै गर्दा रैछ्न यहाँ,
स्वार्थिले भरिएको तिम्रो सहर गजवको छ,

माया छुटिएर दई किनारा भईसक्यो र पनि,
यो मन मुटुमा तिम्रै मायाको असर गजवको छ,

जति हेरे पनि हेरिरहु जस्तो लाग्ने तिम्रो जोबन,
चुलबुल अनि चनचले तिम्रो अधर गजवको छ,!!

कलम ब.बम ( काल्पनिक )कालिकोट