Loading... आजः २४ कार्तिक २०८२, सोमबार

करिडोरको पहिरो पन्छाउन जुटे गाँउपालिका अध्यक्ष बम

कालिकोट भदौ १० गते । पहिरोका कारण एक महिनादेखी अबरुद्ध कर्णाली करिडोरको पहिरो पन्छाउन पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम जुटेका छन् । दर्जनौँ ठाँउमा पहिरो जाँदा गत साउन ११ गतेदेखी कर्णाली राजमार्ग निरन्तर अबरुद्ध छ । अबरुद्ध राजमार्ग खुलाउनका लागि पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम आफै डोजर लिएर सडकमा खटिएका हुन् ।
लगातार एक महिनादेखी कर्णाली करिडोर अबरुद्ध हुँदा कालिकोट र बाजुराका स्थानिय नागरिकहरुले सास्ती खेपिरहेका छन् । उनीहरुलाई हाटबजार आउन, दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा सरकारी कामका लागि पालिकाले लिने विकास निर्माणका सामग्रीहरु ढुवानी गर्न समस्या छ । रेगिलदेखी पलाँता गाँउपालिकाको सिमाना घाटाचौरसम्मको २० किलोमिटर सडकमा एक दर्जन बढी ठाँउमा पहिरो छ । जसमा सान्नीघाटदेखी घाटाचौरसम्मको ११ किलोमिटर सडक पलाँता र पचालझरना गाँउपालिकाको लगानीमा पहिरो पन्छाएर सडक खुलाईएको छ । सान्नीघाट यताको कडा चट्टानमा पहिरो गएकाले बिस्फोट नगरी सडक निर्माण गर्न नसकिने हुँदा नेपाली सेनाले निर्माण सुरु गर्ने तयारी थालेको छ ।
रेगिलबाट सान्नीघाटसम्मको सडकमा पहिरो पन्छाउने काम सुरु नै नहुँदा सडक अबरुद्ध नै छ । सान्नीघाटदेखी घाटाचौरसम्मको सडक पलाँता गाँउपालिका अध्यक्ष बम आफै सडकमा खटिएर डोजर मार्फत पहिरो पन्छाई सडक खुलाएका छन् । गाँउपालिका अध्यक्ष बमले नागरिकको समस्यालाई मध्यनजर गर्दै तत्काल डोजर लगाएर पहिरो पन्छाई सडक खुलाउन सफल भईएको बताए । उनले सान्नीघाटदेखी रेगिलसम्मको सडकमा रहेको पहिरो पंन्छाए तत्काल करिडोर संचालनमा ल्याउन सकिने जानकारी दिए । हाल सान्नीघाटदेखी घाटाचौरसम्म यातायात संचालन भएपछि स्थानिय नागरिकलाई ठुलो राहत भएको उनको भनाई छ ।
सान्नीघाट यताको चट्टान बिस्फोटका लागि प्रशासनबाट नेपाली सेनालाई आग्रह आएकाले कर्णाली करिडोर निर्माण कार्यदलबाट टोली खटाईसकेको नेपाली सेननाले जनाएको छ । करिडोर अहिले पनि नेपाली सेनाको जिम्मा छ । राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोरको ट्याक खुलेको सडक पनि सडक बिभागलाई हस्तान्त्रण भएको छैन् । आफुहरुले चट्टान बिस्फोन गर्न नसक्जे भएका कारण नेपाली सेनालाई नै आग्रह गरिएको रास्कोट नगरपालिका प्रमूख कासीचन्द्र बरालले बताए । उनले भने, ‘करिडोर अबरुद्ध हुँदा स्थानिय नागरिकदेखी स्थानिय सरकारलाई समस्या परेको छ । तर सहज रुपमा चट्टानमा सडक खोल्न नसकिने भएकाले ढिलाई भएको हो ।’ नेपाली सेनाले आईतबारदेखी काम सुरु गर्ने जनाएको छ ।