Loading... आजः १२ श्रावण २०७८, मंगलवार

प्रथम T-20 क्रीकेट प्रतियाेगीता पलाँतामा सुरु

कालिकोट जिल्ला क्रीकेट संघका अध्यक्ष खड्गजङ्ग शाही ज्युको प्रमुख आतिथ्यता मा खेलको उद्घाटन भयको थियो । खेल २४ देखि २७ गते सम्म संचालन हुने खड्कजङ्ग शाही ज्यु ले जानकारी दिनु भयो । क्रिकेट खेलकाे दुनियामा कालिकोट पछाडी पर्नुको कारण यहाँको भौगोलिक बनावट हो हाम्रो ठाउँमा नत कुनै रंगशाला छन नत कुनै राम्रो फिल्डनै छन त्यसैले हामिहरुले क्रिकेट खेल लाई निरन्तरता दिन सकेका छैनौ । तर पनि हाम्राे सानाे प्रयासले खेल सञ्चालन गरेका छाै ।

 

हामिहरु सँग क्रिकेट खेलाडिहरु पनि छन तर राम्रो खेल्ने ठाँउ नभएर यो खेलको लोकप्रियता अलि कम देखिएको मात्र हो । खेल ब्यक्तिका लागि मात्र नभई राष्ट्रको गहना हो । त्यसैले यसलाई आ-आफ्नो क्षेत्रबाट सम्बर्द्धन र प्रबर्द्धन गरौं भन्दै शाहीले    बताउनु भयाे ।

यो खेल संचालनका लागि अहोरात्र खट्ने पलाँताका प्रिय खेलप्रेमी तथा खेलाडी हरुलाई बिशेष धन्यवाद दिदै खेललाई संधै उच्च सिरमा राखेर खेलमैदानलाई फराकिलो बनाउन मद्दत गर्ने स्थानीय सरकारलाई पनि धन्यवाद दिनु भयको छ ।

error: Content is protected !!