Loading... आजः २३ कार्तिक २०८२, आईतवार

खानेपानीको चरम अभाव खेप्दै खाँडाचक्रवासी

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिाका वडानं १ मान्म बजारमा खानेपानीको चरम अभाव भएको भन्दै वजारका नागरिकले नगरपालिकाको ध्यानाक्रषण गराएका छन ।

 

 

लामो समय देखि वजारमा खानेपानी आपुर्ती नहुदा नागकिले निकै दुख पाएको भन्दै वजारका अगुवाहरुले नगरप्रमुख जसिप्रसाद पाण्डेलाई ज्ञापन पत्र वुझाएका छन ।

 

 

नगरप्रमुख पाण्डेले खानेपानीको समस्या प्रति आफु गम्वीर भएको भन्दै आगामी माघ सम्ममा जिल्ला सदरमुकाम मान्मको खानेपानी को समस्या दिर्घकालिन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाउदै आफ्नो अधिकार क्षेत्रभन्दा वाहिरको मान्मको खानेपानी उपभोक्ता महाँसंघको लाप्रवार्हीका वारेमा आफु हस्तक्षेप गर्न तयार रहेको वताउनुभयो ।

 

उहाँले बिधानले स्थानीय सरकारलाई अधिकार नदिएको भएपनि संबिधान तह नागरिकले खानेपानी सहज पाउनु पर्ने भन्दै आफुले उपभोक्ता समितिलाई वोलाएर किन के कारणले खानेपानी अवरोध हुदैछ भन्न्े वारे कारण माग्ने र आगामी नगरकार्यपालिका वैठकमा खानेपानी र वन सम्वन्धी कानुन वनाएर आफैले निर्णय गरि वजारवासिलाई खानेपानी तथा सरसफाईमा पहुँच पुगाउने वताउनुभयो । उहाँले वडा नं १ का वडाअध्यक्ष गणेशवहादुर शाही नै खानेपानी उपभोक्ता महाँसंघको अध्यक्ष भएको सबैलाई जानकारी गराउदै कहाँ कसलाई राजिनामा दिने सम्म उहाँलाई जानकारी नभएर नगरमा राजिनाम दिएपछि अफुले खानेपानी उपभोक्ता महाँंसघको अध्यक्षले नगरमा राजिनामा दिने होईन भन्दै फिर्ता पठाएको वताउनुभयो ।

 

 

जिल्ला बिकास समितिका पुर्व उपसभापति सत्यवहादुर शाही, राप्रपाका उपाध्यक्ष लालवहादुर मल्ल, उद्योग वाणिज्यसंघका अध्यक्ष रतनवहादुर शाही, नेपाल स्वास्थ्यक्रर्मि संघका सचिव दिपवहादुर शाही लगाएतका मान्मका उपभोक्ताले खानेपानी उपभोक्ता महाँसंघको अध्यक्ष जनप्रनिििध हुन नपाउने भन्दै तुरुन्तै खारेजीको मागका साथै खानेपानी नागरिकले सहज पाउने अधिकारलाई सुनिश्चित गरिदिन नगरप्रमुख पाण्डेसंग आग्रह गरेका थिए ।

 

ज्ञापन पत्र समेतदिदै वजारवासिलेख ानेपानी पाउनु पर्ने माग गरेपछि नगरप्रमुख पाण्डेले महाँसंघलाई खारेज गर्ने आफुलाई अधिकार नभएको तर जनताले पानी पाउनु पर्ने कुरामा कुनै पनि दुई मत नभएको भन्दै तुरुन्तै भोलिवाट खान्ेपानी उपलब्ध गराउने वताउनुभयो ।

 

नगरप्रम्ुख पाण्डेलाई डोजरले खानेपानीको पाईप फुटाएका कराणले पानी अवरोध भएको सुचना प्राप्त भएपछि तुरुन्तै सडक निमार्ण रोक्न समितिलाई निर्देशन समेत दिनु भएको छ ।