Loading... आजः २४ कार्तिक २०८२, सोमबार

विकासकाे नाममा भ्रष्टचार मात्र भयाे -काँग्रेस नेता शाही

कालिकोट-

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

   नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले नेकपाकाे दुईतिहाई सरकारले विकासकाे नाममा चरम भ्रष्टचार मात्र गरेकाे बताउनु भएकाे छ ।

 

नेपाली काँग्रेस खाडाचक्र नगरपालिकाेकाे अगुवा नेता कार्यकर्ताकाे भेलामा उहाँले यस्ताे बताउनुभएकाे हाे । भेलामा बोल्दै नेता शाहीले बिकासका नाममा खल्तिका मान्छेलाई याेजना बाँड्ने र कमिशन खाने गरेकाे भन्दै अाप्पति जनाउनुभयाे ।

 

उहाँले भन्नुभयाे, जनताका अावश्यक्ता अनुसारका याेजना छनाेट गर्नु छाडेर अाफ्नाे पाटीका कार्यकर्ता पाल्ने गरि याेजना बाँडेर व्यापक रुपमा राज्यकाे श्राेत साधनकाे दुरुपयाेग गरिएकाे छ । नेकपाले गरेकाे भ्रष्टाचारकाे बिरुद्वमा काँग्रेसले यही २९ गते अायाेजना गरेकाे बिराेध प्रर्दशनमा गाउँ गाँउबाट सबैकाे सहभागीताका लागि उहाँले अाग्रह गर्नुभयाे ।

 

कार्यक्रममा नेपाली काँग्रेसका नेता यशुधा शाही, तारा शाहा, प्रेस युनियन कालिकाेटका अध्यक्ष बिष्णु न्याैपाने लगायत नेताहरुले नेकपाकाे सरकारले गरेकाे भ्रष्टाचारका बिरुद्व सबैले खबरदारी गर्नु पर्ने बताए । कार्यक्रम नगर सभापती भानुभक्त अाचार्यकाे सभापतित्वमा भएकाे थियाे ।