पूर्णखोप युक्त नगरपालिका घोषणा
“पुर्ण खोप सुरक्षित भविश्य”भन्ने मुल नाराका साथ खाँडा चक्र नगरपालिकालाई पुर्णखोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरि छ ।
कर्णाली प्रदेश सांसद कुर्मराज शाहीको प्रमुख आथितेता समन्वय प्रमुख अनिपाल शाहीको विशेष आथितेता नगरपालिका प्रमुख जसि प्रसाद पाण्डे नगरपालिका उप प्रमुख बिजया बिष्ट स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर कटक महत नगर प्रबक्ता पुष्प राज गिरी वडान.२ का वडा अध्यक्ष बिर्खसंङ विश्वकर्मा स्वास्थ्य स्वयंसेविका पत्रकार लगाएको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मा बोल्दै सांसद कुर्मराज शाहीले नगरपालिका भित्रका बाल बालिकाले शुरक्षित रुपमा खोप दिन स्वास्थ्यकर्मीलाई अनुरोध गर्नु भयो । कार्यक्रम गर्नु मात्रठूलो कुरा नभयको हुदा यसलाई कार्यन्ववनगर्न पर्ने उहाँको भनाई छ ।

कार्यक्रमा पूर्णखोप युक्त नगरपालिका घोषणा कार्यन्ववनका लागि प्रतिवद्घता गर्न र गराउन खाडाचक्र नगर पालिका का हामी सम्पूर्ण सरोकारवाला हरु साूुहिकरुपमा यो प्रतिवद्घता व्यक्त र्गदछौ ।
खाडाचक्र नगर पालिकामा जन्मेका २ बर्ष मुनिका सबै वालवालिका हरुलाई सबै प्रकारका खोपहरु अनिवार्य रुपमा लगाउने कार्यलाई निरन्तकार्यन्ववन गर्दौ पूर्ण खोप सुनिश्चतता ताथा दिगोपना कायम राख्ने छौ भनि सामूहिक प्रतिवद्घता ब्यक्त गर्दछौ भनि सामुहिक प्रतिवद्घतामा हस्ताक्षर गरी कार्यक्रको समापन गरीएको हो।









ई-कर्णाली खबर
२६ मंसिर २०७७, शुक्रबार १५:३८