जनताकाे गुनासाे सु्न्न नसकि भागे मुख्यमन्त्री शाही
कालिकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही आफ्नै भोटर र कार्यकर्तावाट लुकेर छिमेकी गाउँपालिका पचालझरना जानु भएको छ ।
जिल्लाका समसामयिक बिषयमा छलफल गर्न र बिकासे कामको अनुगमनमा कालीकोट पुग्नु भएका मुख्यमन्त्री शाही पलाँता गाउँपालिकाका जनता र कार्यकर्ताका समस्या नसुनेर अन्यत्र जानु भएको हो ।
पलाँताको राँडुनेटामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा जनताले आफ्ना समस्याका वारेमा गुनासो गर्न थाले । भाषणकै बिचमा तपाईहरुले मलाई मत दिएर जिताएको हो । म तपाईको कुरा नसुनि जादैन दुई दिन लागे पनि सुन्छु र अनि मात्र जान्छु भन्दै सम्वोधनकै क्रममा भन्नुभयो । तर रातारात जनताका गुनासाको सम्वोधन गर्न असक्षम भएपछि भागेको स्थानीयले ओरोप लगाएका छन ।
भाषणमा हाम्रा कुरा सुन्छौ भने हामीले पनि ठिक छ भन्यौ । तर रातारात भागेर पचालझरनाको वाँझकोटमा पुगेर बिद्यालयको भवन उद्दघाट गरेको कुरा सुन्दा अच्चम लाग्यो स्थानीय रत्नसिहं बमले गुनासो गर्नुभयो । जनताको बिचमा मुख्यमन्त्री शाहीले तपाइका सबै कुरा दुई दिन सम्म सुनेर जान्छु भन्दै वोलेको कुरा ४० मिनेटको भिडियोमा सुन्न सकिन्छ । तर मुख्यमन्त्री शाही २६ गते बिहान चार वजे राडुनेटावाट थिर्पु पुगेको तथ्य नागरिकले दिएका छन ।
किन भागे त मुख्यमन्त्री शाही । उनका निकटहरुको भनाई छ । पचालझरनामा कार्यक्रम थियो । के कार्यक्रम थियो भन्दा एक बिद्यालयको भवन उद्दघाटन गर्नु थियो ।
मुख्यमन्त्री शाही आएर पञ्चकालीका माबिमा चार कोठे भवन उद्दघाटन गरेको पनि देखिन्छ । पलाँतामा २६ गते नै गाउँपालिकाको कार्यालयमा तालावन्दी समेत गरिएको छ । मुख्यमन्त्री शाही गाउँमा आएका वेला समस्या समाधान होला भनेर सोचेका थियो । तर उल्टै अपमान गरेर गएपछि हामीले न्यायका लागि गाउँपालीकामा तालावन्दी गरिएको स्थानीय मुन वहादुर बमले वताउनुभयो ।
उहाँले सिचाई कुलाका मुहान समेत बिग्री भएको भन्दै यसमा मुख्यमन्त्री शाहीको निर्देशनमा गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले सहमती गरेको दावि गर्नुभयो । जनताले वाढी पिडितका समस्या समाधान गर्न, पलाँता पाटी र सरकार बिचको अन्तरविरोध हल गर्न बिकासमा सम्वेदनशिल हुन र आर्थिक रुपमा पार्दर्शि वन्न माग गरेका थिए ।

वर्षातको समयमा कालीकोटमा ५२ जनाको वाढी तथा पहिरोका कारण मृत्यु भएको छ भने धेरै वस्ती जोखिममा छन । तर मुख्यमन्त्री शाहीले राहत दिन्छु भनेको पाँच महिना बितिसक्दा पनि राहतको त कुरा परै छ । जनताका सामान्य समस्या पनि समाधान नगरेको र आफु र आफ्ना आसेपासको भरण पोषणमा लागेको भन्दै कालीकोटका नागरिक आक्रोषित छन ।









ई-कर्णाली खबर
२८ मंसिर २०७७, आईतवार ०१:४९