निर्वाचनमा जुट्न केन्द्रीय सदस्य नगिन्द्र शाही -नेशनलकाे अनुरोध
कालिकोट। नेकपा (ओली) समुहका केन्द्रीय सदस्य नगिन्द्र शाही (नेशनल) ले कालिकोटवासीलाई कुनै भडकावमा नलाग्न अनुरोध गरेका छन्।
बुधबार शाहीले सामाजिक सन्जाल फेशबुकमार्फत सरकारले घोषणा गरेको आवधिक निर्वाचनमा केन्द्रित हुनसमेत अनुरोध गरेका छन्।
उनको स्टाटस यस्तो छ
“आदरणीय कालिकोटवासी दाजुभाई दिदिबहिनी। तत्कालीन दुई पार्टी नेकपा एमाले र माके को एकिकरण पश्चात् बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रोअध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) ले केही मान्छेसहितको सहयोगमा नेकपाभित्र विद्रोह गरेको अवस्था साचो हो। तर त्यसले सिङ्गो नेकपालाई र नेपाल कम्युनिस्ट पार्टीलाई कुनै असर पर्ने छैन किन भने नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा यस्ता पात्र र प्रवृत्तिहरू सधै निस्तेज भएको हुदा नै नेपाली कम्युनिष्ट आन्दोलन यहाँ सम्म पुग्न सफल भएको छ। कमरेडहरू सत्यसंग नलड्नु असत्यसंग नझुक्नु भने मान्यतामा दृढता पुर्वक उभिदै सच्चा कम्युनिष्ट एक हुदै देश र जनताको पक्षमा लाग्न जरुरी छ। साथै केही ब्यक्तिले गुटबन्दीको नाममा पद र ल्याटर प्याडको दुरुपयोग भएको देख्दा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। साथै म विश्वासका साथ भन्न चाहन्छु केही दिनपछि सबै कुरा तपाईं समक्ष आउने नै छ। त्यसैले आम जिल्लावासी दाजुभाइ दिदिबहिनीहरू कुनै भड्कावमा नलागी लोकतान्त्रिक मुल्य मान्यताको सम्मान गर्दै लोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै आगामी निर्वाचनको तयारीमा लाग्न अनुरोध गर्दछु ।”
कर्णाली सन्देश साभार









ई-कर्णाली खबर
९ पुष २०७७, बिहीबार ०२:४७