Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

निर्माण व्यावसायि र ब्यापारी भेट्दै काँग्रेस नेता शाही

कालिकोट -नेपाली काङ्ग्रेस का प्रभावशाली नेता भुपेन्द्र जंगशाहीले आज कालिकोटका निर्माण व्यावसायि र ब्यापारी हरु संग देश को समसामयिक विषय मा छलफल तथा भेट्घाट गर्नु भएको जगतजङ बिष्टले जानकारी दिनुभयो ।

 

उक्त कार्यक्रम मा शाहीले देशको हरेक परिबर्तन मा व्यावसायि हरु को महत्वपूर्ण भुमिका रहेकोले अहिलेको देशको विषम परिस्थितिमा देशलाई बर्बाद हुनबाट बचाउन आ-आफ्नो ठाँउ बाट लाग्न आग्रह गर्नु भएको छ।

 

जनताले दुई तिहाई दिए पनि नेपालमा कम्युनिस्ट हरुराज्य संचालनमा असफल भएका छ्न,र केपि माधब र प्रचण्ड पुर्णरुपमा असफल भएका छ्न।अबदेशको समृद्धिका लागी काङ्ग्रेसको आवस्यकता रहेको बताउनु भयो।

 

 

कार्यक्रममा नेपाली काङ्ग्रेस सचीव यशोदा शाही,सहसचिव दमन शाही,तरुण बिभाग केन्द्रिय सदस्य मीन ब बोगटी,जिल्ला सदस्य तारा शाह,जगत बिष्ट,सबिन बिष्ट,धिर बम,नेबि संघ का बा अध्यक्ष जगत जंग बिष्ट,सन्तोष मल्ल,हस्त बम,सुरेन्द्र शाही,भानु आचार्य लगाएत को सहभागीता रहेको बताएको छ।


error: Content is protected !!