फुकोट कर्णाली हाइड्रोको काम सुरु
कालिकोट — कर्णालीकै गौरवको आयोजनाका रुपमा मानिएको फुकोट कर्णाली हाइड्रोको सुरुङ खन्न सुरु गरिएको छ । कोरोना भाइरसका कारणले निर्माण कार्यमा ढिलाई भएको सो हाइड्रोको सुरुङ खन्न सुरु गरिए पछी कर्णाली बासिहरुमा विकासको आषा पलाएको छ ।
तिन वर्ष अगाढी कम्पनी र नेपाल सरकार संग निर्माण सम्झौता भएको आयोजनाले डिपिआर सम्पन्न गरी ५५ मिटर सुरुङ खनी सकेको आयोजनाका प्रमुख हिरामान वाईबाले जानकारी दिए । प्रमुख वाईबा अनुसार, दुबै तर्फबाट सुरुङ खन्ने काम भइसकेको छ ।
एका तर्फबाट ५५ मिटर खनिसकेको र बाँध हालेर बनाइने जलाशयका तर्फबाट ११ मिटर खनिसकेको जानकारी दिए । उनले भने, ‘ कोरोना भाइरस र केही चुनौतिहरु नआइदिएको भए, यतिवेला सम्म सुरुङ खन्ने काम अन्तिम अवस्थामा पुग्थ्यो । जग्गाको मुआव्जाको काम पनी यसकै कारणले रोकिएको उनले बताए ।
डिपियार तयार भइसकेको छ, आयोजनाले क्षती हुने क्षेत्रको निर्धारण गरी मुआव्जाको रकम पास गरिसकेको छ । अव जिल्लाले जग्गाको विषयमा मुल्य निर्धारण गरेपछी मुआव्जाको काम पनी सकिने प्रमुख वाइबाले बताए ।
उनले भने, ‘शान्नि त्रिवेणि गाँउपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर सुरुङमार्फत भाँैतेगडामा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ ।
उनका अनुसार, सिस्नेगडाबाट ११ किलोमिटर उत्तर–पश्चिममा रहेको भौँतेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट जमिन छेडेर सुरुङमार्फत भाँैतेगडामा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरीएको जानकारी दिए । नेपाल सरकारको स्वामित्वमा रहेको उक्त जलविद्युत आयोजना नामक कम्पनीले २०७४ फागुनदेखि डिपिआरअन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम गरिरहेकाेे थियो ।
विकासमा पछाडी परेको कर्णालीमा गौरवका आयोजनाहरुले निर्माण कार्य थालनी गर्दा कालिकोट बासिहरुमा विकासको फरक अनुभुती छायको छ । कर्णालीमा जुनसुकै सरकार आएपनी साना तिना योजना फालेर फाले आँखामा छारो हालेझै गरिन्थ्यो, अहिले कर्णाली करिडोर निर्माण कार्यदेखी गौरवको आयोजना फुकोट कर्णाली हाइड्राले कर्णाली वासिमा विकासको अनुभुती दिएको यहाँका नागरीकहरुको भनाई छ ।
चार सय ८० मेगावट विद्युत उत्पादन हुँने सो आयोजनाले त्यस वरिपरिको एक हजार रोपनी प्रभावित क्षेत्र मानिएको छ । आयोजना जिल्लाको शान्नि त्रिवणि गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरनाको केही क्षेत्र प्रभावित डुवानमा रहने छ । सवैभन्दा बढी रास्कोट र शान्नि त्रिवेणि गाँउपालिका प्रभावित क्षेत्र हुने छ ।
जिल्लामै एकमात्र मोदमार पाँच सय किलो वाट विद्युतले जिल्लामा पुगअपुग धानिरहेको अवस्थामा फुकोट आइड्रोले जिल्लालाई मात्र होइन छिमेकि जिल्ला हरुलाई पनि दिएर बाहिर देशले प्रयोग गर्ने छ ।
अनलाइन न्युज खवर बाट साभार









ई-कर्णाली खबर
९ पुष २०७७, बिहीबार १३:४१