Loading... आजः २१ मंसिर २०८२, आईतवार

प्रधानमन्त्री केपि शर्मा ओलिको कदमको स्वागत कोटमा

नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवा विद्यार्थी संगठनले ताजा जनादेशका लागि आम चुनावमा जाने नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपि शर्मा ओलिको कदमको स्वागत गर्दै आज पनि मान्म बजारमा विसाल ¥यालि प्रदर्शन गरेका छन ।

आम चुनाव जिन्दाबाद,प्रधानमन्त्री केपि ओलि जिन्दाबाद,पार्टी फोड्न पाइदैन दलाली गर्न पाइदै लगएतका नारासहितको ¥यालिमा अनेरास्वविय,राष्ट्रिय युवा संघका नेता कार्यकताहरुको सहभागिता रहेको थियो । यालिपछिको कोणसभामा बोल्दै अनेरास्ववियुका सहसंयोजक सन्तोस महतारा,नेता धर्मराज शाहीलगाएतका युवा विद्यार्थी नेताहरुले प्रचण्डले पार्टी एकताप्रति धोका दिएको आरोप लगाएका थिए

 

 

उहाहरुले नेपालको संविधानको धारा ६८ र ७८ अनुसरा संसद विगठन गरि ताजा जनादेशमा जाने निणर्यलाई असम्वैधानिक भन्नु हास्यास्पद भएको बताउनु भयो ।

 

 

साथै युवा नेताहरुले विधि र विधानका कुरा गर्ने प्रचण्ड गुटले महधिवेशन अगावै टिके अध्यक्ष, विगठित संसदीय दलको नेता चयन हुनै आफ्नै बोलिको उलंघन गरेको समेत धारणा राख्नु भयो ।