असहाय र टुहुरालाइ अाहार खुवाउदै भेटिए गणेश
कालिकोट जिल्लाकाे तिलागुफा नगरपालिका वडा नं ९ हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० निवासी गणेश हमालले रिमा साईराम सेवा समाज काठ्माण्डाैमा रहेका असहाय, वृद्ध, अपाङ्गता, फरक क्षमता भएका तथा ६ मैना देखि ५ बर्ष सम्मका टुहुरा बालबालिकाहरुलाई भाेजन खुवाएका छन् ।

नेपाली मजदुर एकता समाजका केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का संयोजक समेत रहेका हमालले बिहिबार रिमा साईराम सेवा समाज काठ्माण्डाैमा रहेका असहाय, वृद्ध, अपाङ्गता, फरक क्षमता भएका तथा ६ मैना देखि ५ बर्ष सम्मका टुहुरा ५ बालबालिका गरी जम्मा ३९ जनालाई भोजन खुवाएका हुन् । उनले अाफुले गर्ने पकेट खर्चलाई बचत गरि असहाय, बृद्व, फरक क्षमता भएका व्यक्तिहरुलाई सामाजिक सेवाकाे भावनाले बिहानकाे भाेजन गराएकाे बताए । उनले भने, मसँग धेरै पैसा भएर हाेईन ।
असहाय, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई मानवियताका हिसावले सहयाेग गर्नका लागि सामुहिक भाेजनकाे कार्यक्रम अायाेजना गरेकाे हुँ । म कालिकाेटकाे गाँउमा हुर्किएर सामाजिक सेवामा सक्रिय भएकाे एक मजदुर अभियान्ता भएकाले मेराे सामाजिक सेवा भावले सहयाेग गरे । उहाँहरुसँग केही घण्टा भएपनि समय बिताए ।

उनले थपे, मानिसहरु सुख र अानन्द प्राप्तिका लागि धेरै बिलासी बन्छन तर यस्तै असहायहरुकाे सेवामा एक दिन पनि समय दिदैनन् । सम्पतिकै लागि सबै त्याग्नेहरुसँग सेवा भाव हुदैन । अाफुले अाधा पेट खाएर अरुलाई सहयाेग गर्न चाहानेहरुले नै जिन्दगीकै ठुलाे अानन्द प्राप्त गर्छन ।
मेराे लक्ष्य भनेकै असहाय, काेही नहुनेहरुकाे अाफन्त हुने र उनीहरुकाे सेवा गर्ने हाे । कार्यक्रममा नेपाली मजदुर एकता समाजका केन्द्रिय अध्यक्ष तेजबहादुर कार्की सहितका समाजसेवी अभियान्ताहरुकाे पनि सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा सामुहिक भाेजन गर्ने सबैले समाजसेवी युवा गणेश हमाललाई भगवान गणेशकाे अवतार भन्दै अाश्रीबाद दिए । उनीहरुले समाजमा यस्तै मन भएका दानी व्यक्तिहरु बढ्दै गए साहारा बिहिन व्यक्तिमुक्त समान निर्माण हुने बताएका थिए ।









ई-कर्णाली खबर
९ पुष २०७७, बिहीबार १४:१७