Loading... आजः २१ मंसिर २०८२, आईतवार

अझै वनेन खुलालुको पक्की पुल

कालीकोट

कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा वन्ने पुल अझै पनि वनेको छैन । पुल वनाउनका लागि दुईपटक शिलान्यास भएको पक्की पुल अझै नबन्दा करिडोरको यात्रा कस्टकर वनिरहेको छ । पुलको अभावमा यातायातका साथ जिल्ला प्रशासनको सिफारिसमा नेपाली सेना मार्फत फेरी मार्फत तार्नु पर्ने वाध्यता लम्वीदै गएको छ ।

 

कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गनु भएको थियो । कालीकोटका पाँच स्थानीय नरहरीनाग, सान्नीत्रिवेणी, पलाँता, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिका सहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बत जोड्ने सडकका लागि कर्णाली नदीको खुलालु पक्की पुललाई लिईएको थियो । पुल निर्माणका लागि २०६९ मा कन्काई जेभीले ठेक्का लिएको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालय जुम्लाको भनाई छ ।

 

कार्यालयका अनुसार ठेक्का म्याद सकिएको छ वर्षमा पनि आधा काम भएको छैन । १३ करोड रुपैयाँ बजेट रहेको पुलको लागत अहिले बढेर १७ करोड रुपैयाँ पुगेको डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । कार्यालयले गत वर्ष गोरखापत्रले सोधेको प्रश्नमा अवको एक वर्ष भित्र पुल नवनेमा ठेक्का रद्ध गर्ने वताएको थियो । कार्यालयले कन्काई जेभीले अर्को ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिँदा पुल अलपत्र परेको हो । कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले पुनः ठेक्का सम्झौता गरी काम सुरु गरेको प्रमुख भण्डारीले वताउनुभयो ।

 

स्टिल ट्रससहितको ७५ मिटर लम्बाइको पक्की पुल ठेकेदारले २०७८ असार मसान्तसम्म सक्ने गरी फेरि सम्झौता गरिएको छ । भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले अधिकांश ठाउँको ट्याक खोले पनि पुल नबन्दा यातायातका साधन आउजाउमा समस्या भएको छ ।

 

नेपाली सेनाका निमार्ण कार्यादल प्रमुख मिलन कार्कीले कालीकोटको जितेदेखि हुम्लाको कुवाडीखोलासम्म ९४ किलोमिटर दूरीमा गाडी गुड्न थालेको बताउनुभयो । उहाँका अनुसार खुलालुमा पुल नहुँदा नदीको बहाव घटेका बेला मात्रै फेरि सञ्चालन हुने गरेको छ । निमार्ण सामाग्री फेरी वा झुलङ्गे पुलवाट ढुवानी गर्दा समस्या हुने गरेको वताउनुभयो ।

कर्णालीको खुलालुमा पक्की पुल नवनेका कारण फेरी मार्फत यातायातका साधन तारिदै