Loading... आजः ९ जेष्ठ २०८१, बुधबार

कालिकोटको नाग्ममा पहिरो, एकै परिवारका ४ जनाको मृत्यू, तीन जना अझै वेपत्ता

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म बजारमा गएको पहिरोमा मृत्यू हुनेको संख्या चार पुगेको छ । आईतबार बिहन साडे ७ बजे गएको पहिरोमा परी पुरिएर नाग्म बजारका स्थानिय चार जनाको मृत्यू भएको जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।
उनका अनुसार कालिकोट र जुम्लाकोे सिमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यू हुनेहरुमा नाग्म बजारमा व्यपार व्यवसाय गरि बसेका बर्ष ४० का परेक शाही, उनको छोरा बर्ष ५ को निराजन शाही, उनको दुई महिनाको छोरा अक्कल शाही, ७ बर्षकी छोरी हिमा शाही रहेका छन् । उनकी श्रीमति पुन्या शाही र स्थानिय अर्जुन हमालको जिवितै उद्धार गरी उपचारका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।
उक्त पहिरोमा तीन जना अझै वेपत्ता छन् । स्थानिय मनबिर कटुवाल, आईती खड्का र उनको मासु पसलमा मासु काट्ने व्यक्ति वेपत्ता छन् । उनीहरुको खोजी कार्यमा नेपाल प्रहरी, सशष्त्र प्रहरी र स्थानिय लागिरहेका छन् । पहिरोमा चार घर पुरिएका छन् । एक कुखुरा पालन गर्ने, घर एक मासु काट्ने घर र दुई वटा खुद्रा पसल भएको घर पहिरोमा पुरीएको डिएसपी ओलीयाले बताए । उनले पहिरोमा थप वेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ । पसलमा थप ग्राहकहरु भए उनीहरु पनि पुरिएको हुनसक्ने डिएसपी ओलीयाले बताए । जिल्लाबाट इन्सपेक्टर यक्षराज जोसीको नेतृत्वमा थप प्रहरीको टोली घटना स्थल पुगेर वेपत्ताको खोजी कार्यमा जुटेको छ ।