Loading... आजः १२ चैत्र २०८०, सोमबार

खार्दुमा वन्यो आलु चिस्यान केन्द्र

कालीकोट
कालीकोट पुस ११ गते । कालीकोटको पचालझरना गाउँपालिकाको खार्दुमा आलु भण्डारका लागी भवन अर्थात (रष्टिक स्टोर) बनेको छ । खार्दुको छ हेक्टर क्षेत्रफल जमीनमा वार्षिक ४० टन आलु उत्पादन हुन्छ । उचित भण्डारणको अभाव भएको र किसानहरुले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएका हुनाले क्याप्स कर्णाली परियोजना र गाँउपालिकाले आलु भण्डारणका चिस्यान केन्द्रका रुपमा भवन अर्थात रष्टिक स्टोर निमार्ण गरेको छ ।

 

आलु चिस्यान केन्द्र वनेपछि किसानले आफ्नो उत्पादनलाई भण्डारण गरी जुनसुकै वेला राम्रो मुल्यमा बिक्री गरेर उचित मूल्य पाउने आसा गरिएको छ । लगानी कर्ता क्याप्स कर्णाली परियोजनाका जिल्ला संयोजक नरेन्द्रवहादुर शाहीले आलु भण्डार गर्ने स्टोर वनेपछि अव उत्पादनमा समेत वृद्घि हुने वताउनुभयो । संयोजक शाहीले गाउँमा रष्टिक स्टोर बनेपछि खार्दुका स्थानीयबासी हर्षित बनेको वताउनुभयो । दुई सय ५१ घरधुरी रहेको खार्दुमा कृषि खेती गर्ने अगुवा किसानहरुको संख्या धेरै छ । वर्षेनी आलु उत्पादन गरेर पुरानै सैलीमा जमिन मुनी खाडल खनेर राख्ने चलन हट्ने भएपछि खार्दुका कृषकमा आशा पलाएको छ ।

 

 

मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटको सहयोग सहजिकरणमा भवनको काम सुरु भएको थियो । आयोजनाले उत्पादन भएको आलुलाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुगेको छ । संयोजक नरेन्द्र बहादुर शाहीले विद्युत नहुँदा पनि सञ्चालन गर्न सकिने रष्टिक स्टोर स्थानीय प्रविधिको प्रयोग गरि कम लागतमा निमार्ण गरिएको वताउनुभयो । भवन भित्र ९६ वटा काठका उचित सुविधासहितका कोठा छन् । वैकको लकर जस्तै ९६ वटा कोठाको चावि सम्वन्धीत किसानले पाउनेछन ।

 

 

आफुले उत्पादन गरेको आलु स्टोर गरिने छ । जुन वेला वजारमा राम्रो मुल्य पाईन्छ त्यही वेला बेच्न सकिने छ । रष्ट्कि स्टोर वनेपछि किसानको आलु अव कुईने छैन । प्रत्येक किसानले आफ्नो आलु भण्डारण गरेको कोठामा चाबी लगाउने छन् भने आलु भण्डारण गरे वापत सामान्य शुल्क उपभोक्ता समितिलाई बुझाउने छन । आलु स्टोर गरेवापत तिरेको पैसाले एकजनालाई रोजगारी दिने छ ।

 

भवन रेखदेख गर्ने एकजना कर्मचारी भवन उपभोक्ता समितिले नै राख्ने र तलवको सुविधा गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खड्कराज सुजुवालले अव गाउँमा उत्पादन हुने आलु खेर नजाने वताउनुभयो । एक जना चौकीदार रहने भएकाले रोजगारी संगै आलुको संरक्षण र सुरक्षा पनि हुने भएकाले किसानलाई अझै उत्पादनमा जोड दिन अनुरोध गर्नुभयो । गाउँमा सबै भन्दा वढि आलु उत्पादन गर्ने किसान जर्मा कठायत लगाएतका कृषकले आफ्नो लगानीले राम्रो मुल्य पाउने आसा गरेको प्रतिक्रिया दिएका छन ।

 

 

आयोजनाका सब–इन्जिनियर सुरेन्द्र शाहीले आलु उत्पादक किसानलाई लक्षित गरि निमार्ण भएको आलु भण्डारण (रष्टिक स्टोर) ३५ लाख, ३८ हजार, ८ सय २१ रुपीयाँ ५१ पैसाको लागतमा बनेकोे वताउनुभयो ।

खार्दुमा ३५ लाख वढीमा निमार्ण भएको आलु भण्डार केन्द्र रष्टिक स्टोरका अनुगमन गदै गाउँपालिका अध्यक्ष लगाएत तस्विरः