कालिकोटमा नेपाली काँग्रेस विरोध प्रर्दशनमा,फोटो-फिचर
कालिकोट- सरकारका विरुद्धमा नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले विरोध प्रर्दशन गरेको छ ।

बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन, सर्वसत्तावाद भ्रष्टाचार गरेकाले लोकतान्त्रीक संविधानका रक्षाका लागि काँग्रेस कालीकोट विरोध प्रर्दशन गरेको हो । दुई तिहाइको सरकारले अहिले जनताका आवश्यकतालाई पुरा गर्नुपर्ने बेला सत्ता लुछाचुडिका लागि आपसमा विवाद गरि संविधानलाई नै धरासायी बनाउन खोजेको भन्दै नेपाली काँग्रेस केन्दीय पाटी कार्यालयको निर्देशनमा जिल्ला पाटी कार्यालय कालीकोटले विरोध प्रर्दशन गरेको हो ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव नन्दबहादुर सिंहको अध्यक्षता महासमिति सदस्य भुपेन्द्रजंग शाहीको प्रमुख आतिथ्यता महासमिति सदस्य टेकराज शाहीको विशेष आतिथ्यतामा विरोध सभाको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासमिति सदस्य भुपेन्द्रजंग शाहीले नेकपा पाटी असफल भएको बताए । उनले सरकारले गर्नुपर्ने काम गर्न नसकेर संसद विघटन गर्नु लोकतन्त्र माथिको प्रहार भएकाले काँग्रेस सडकमा आउन बाध्य भएको बताए ।

कार्यक्रममा विशेष अतिथि माहासमिति सदस्य टेकराज शाहीले काँग्रेस सडकमा आए जस्तो सुकै मुल्य चुकाउन पछि नपर्ने प्रतिवद्धता गरे । र्कार्यत्रममा सहसचिव दमन बहादुर शाहीले लोकतन्त्रको रक्षा काँग्रेसले मात्र गर्न सक्ने ठोकुवा गरे उनले अहिले काँग्रेसले सवोच्चको फैसलालाई पर्खिरहेको बताए ।

नेपाल तरुणदल केन्दीय विभागका सदस्य मीनबहादुर बोगटीले अहिले जनताको आवश्यकतालाई बुझेर काँग्रेसले सरकार चलाउ भन्दा पनि नेकपाले सरकार चलाउन नसकेको बताए । उनले अव काँग्रेस सडकमा आए २ दिनमै नेकपाको सरकारलाई सरकारबाट हटाउन सक्ने तागत भएपनि अहिले जनताले दिएको दुई तिहाईको कदर गर्न अझै सच्चिएर जान आग्रह गरे । अहिलेका कम्युनिष्ट भन्नेहरु वलात्कार,भष्टचार लागेको हुनाले नागरीकलाई आप्ना छोरी चेली जोगाउन अनुरोध समेत गर्नु भयो । कार्यक्रममा काँग्रेसका नेता कार्यकताको बाक्लो उपस्थिति रहेको थियो ।










ई-कर्णाली खबर
१३ पुष २०७७, सोमबार १३:५२