देशलाई ठुलो दुर्घटनावाट जोगाउन ससद बिघटन गर्नु परेको नेकपा केन्द्रीय सदस्य शाहीको भनाई,

आज आफ्नो निवास मान्ममा पत्रकारहरुसंग सम्क्षीप्त कुराकानी गदै केन्द्रीय सदस्य शाहीले पार्टी कम्जोर हुदा केही फरक नपर्ने भन्दै सरकार कम्जोर हुदा देशमा गम्वीर संकट पैदा हुने हुदा ससद बिघटन गरेर नेपाली जनता र राष्टको रक्षा गरेले पत्रकारले पनि संबिधानलाई एक पटक पढिदिन अनुरोध गर्नुभयो ।
बिद्रोही पक्ष जे भन्यो त्यसैको कुरालाई आधार मानेर समाचार वनाउदा समाज उग्र हुने भन्दै समाजीक न्यायका लागि पनि नेकपाका आधिकारी दस्तावेज र नेपालको संबिधानलाई हेरेर समाचार वनाउदा जनताले जानकारी पाउने हुदा सान्त र सब्य समाज निमार्णमा पत्रकारको भुमिका महत्वपुर्ण भएको वताउनुभयो । सरकार कमजोर हुदा मुलक कमजोर हुने हुदा मुलुकको रक्षाका लागि पनि पत्रकारले सचेत हुनु पर्ने वताउनुभयो ।
कुनै पनि समुहका कुरा नसुनेर निति नियम र संबिधानमा भएका कुरालाई जोडेर समाचार वनाउदा मुलकमा आउने संकट टर्ने वताउनुभयो । राजनितिलाई प्रचन्ड माधव नेपालले ब्यापार सम्झेकै कारणले नेकपामा समस्या आएको वताउनुभयो ।
आफ्नो ब्यक्तिगत फाउण्डेसनलाई एक अर्व २० करोड माग्दा देखि प्रचण्डसंग ओलीको बिवाद हुदै जादा नयाँ नक्सा सार्वजनिक लगाएतका बिषयवाट माधव प्रचण्डले सरकार ढाल्न खोजेकाले असली भारतका एजेन्ड कुन हुन भन्ने कुराको आफै मुल्यांकन गर्न अनुरोध गर्नुभयो ।
प्रचण्ड माधवलाई रिजाउन नसक्नु केपि ओलीको पनि कम्जोरी रहेको पत्रकारको प्रश्नमा नेता शाहीले पदलोभीलाई रिजाउने कुनै पनि अस्त्र नभएको वताउनुभयो । ठाउँको दुखेको छ औषधी घाउँको दिदा सन्चो हुने कुराभएन । बिवाद बिचारको नभएर पदको भएकै कारण नेकपा दुर्घटनामा परेको वताउनुभयो । प्रचण्ड प्रबृद्धी तलै सम्म हावी भएकाले देश खतरामा जाने हुदा ओलीले कदम चालेको उहाँको भनाई थियो ।
सहरमा दिनकै राँका वालेर समृद्धी नआउने हुदा जनताको माझमा गएर जनमतलाई जितेर आए सरकारमा जान कसैले नरोक्ने उहाँको भनाई थियो । पत्रकारले रातलाई रात र दिनलाई दिन भन्न पटक पटक अनुरोध गर्नुभयो ।
यसैबिच नेता शाहीले पार्टी कार्यालय कसैले प्रयाग नगरौ भनेर तत्कालिन पार्टी अध्यक्ष धनजित शाहीलाई भनेको जानकारी गराउदै अराजक समुहले पार्टी कार्यलय तोडफोड गर्नु जस्तो घिन लाग्दो अरु केही नभएको वताउनुभयो । पार्टी कार्यलय फोडोर प्रधानमन्त्री ज्युका फोटा समेत तोडफोड गर्नु जंगली युगको पुनराबृती भएको आरोप लगाउनुभयो ।









ई-कर्णाली खबर
१४ पुष २०७७, मंगलवार १४:०७