कालिकोटमा प्रचण्ड–माधव समुहको शक्ति प्रर्दशन
कालिकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गरेकाे छ ।
यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
प्रदर्शनमा नेकपाका नेता हरु उपस्थिति रहेको थियो । जिल्लाको खाडाचक्र नगरपालिका १ स्थित शुन्य प्वाइन्ट बाट सुरु भएको प्रदर्शनमा प्रतिमा चोक हुदै जिल्ला समन्वय को प्राङगणमा कोणभामा परिणत भएको हाे ।
प्रदर्शनमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही,राष्ट्रिय सभा सदस्य जिबन बुढा,नेकपा कर्णाली प्रदेशका सचेतक तथा माननीय कुर्म राज शाही, नेकपा कालिकोटका पार्टी अध्यक्ष धनजित शाही, सरोज बोगटी लगायत कालिकोट जिल्लाको सबै स्थानीय तहका जनप्रतिनिधि तथा नेताको उपस्थिति रहेकाे थियो ।
यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको हो।









ई-कर्णाली खबर
१४ पुष २०७७, मंगलवार १५:१३