Loading... आजः २० मंसिर २०८२, शनिबार

“ओली जहाँ, नेकपा र सूर्य चिन्ह त्यहाँ”

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली जहाँ रहनुहुन्छ, नेकपा र सुर्य चिन्ह त्यही रहने नेकपाका केही नेताहरुले दावी गरेका छन् । प्रधानमन्त्री ओली नै पार्टीको प्रथम अध्यक्ष भएकाले ओली नै आधिकारीक अध्यक्ष र ओली रहेको पार्टी नै आधिकारीक पार्टी हुने ओलिनिकट नेताहरुको भनाइ छ ।

 

नेकपाका नेता खगराज अधिकारीले पार्टीका अध्यक्ष र महासचिव नै ओली रहेको ठाउँमा हुने भएकाले पनि उहाँको आधिकारीकता बढी हुने तर्क गर्नुभयो । संसद हुँदा सम्म ओली नै सर्वसम्मत संदीय दलको नेता रहेको र संसद विघटन भइसकेपछि परिवर्तन गर्न वा जोडघटाउ गर्न नमिल्ने भएकाले संसदीय दलबाट हेर्दा पनि ओली नै आधिकारीक हुने उहाँले बताउनुभयो ।

 

ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले एकताबद्ध भएर निर्वाचनमा जान र गलत क्रियाकलाप गर्दै आएकाहरुसँग सतर्क हुन आह्वान गर्ने उहाँले जानकारी दिनुभयो ।