Loading... आजः २१ मंसिर २०८२, आईतवार

शिक्षा पत्रकार समुहकाे प्रदेश सचिवमा न्याैपाने !!

ललित बिष्ट कालिकोट:  शिक्षा पत्रकार समुह कर्णाली प्रदेश समन्वय समितिको पहिलो बैठकले पत्रकार बिष्णु न्याैपानेलाई प्रदेश सचिवमा मनाेनित गरेकाे छ ।

शिक्षा पत्रकार समुह कर्णाली प्रदेस सचिवमा बिष्णु न्याैपाने

शिक्षा पत्रकार समुहका कर्णाली प्रदेश संयोजक कलेन्द्र सेजुवालको अध्यक्षतामा बसेको बैठले शिक्षा पत्रकार समुहकाे कर्णालीकाे सचिवमा बिष्णु न्यौपाने र कोषाध्यक्षमा मुना हमाललाई मनोनित गरेकाे हाे ।

 

 

बैठकले कर्णालीका शैक्षिक सवालहरुलाई कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय र कर्णालीमा शिक्षा क्षेत्रमा काम गर्ने सेभ “द, चिल्डेन लगायतका निकायसंग समन्य गर्ने निर्णय पनि गरेकाे छ ।

 

कर्णालीका बिभिन्न ठाउँमा कार्यक्रम संन्चालन गर्ने निर्णय पनि गरीएको छ। शिक्षा पत्रकार समुहमा अाबद्व कर्णालीका विभिन्न जिल्लाबाट पत्रकारहरुकाे सहभागिता रहेकाे बैठकमा कर्णालीमा रहेमा शैक्षिक समस्या र न्युनिकरणका लागि पत्रकारहरुकाे भुमिकाका बिषयमा पनि छलफल गरिएकाे थियाे ।