पचाल झरनामा पर्यटकहरु बृद्धी
ललित बिष्ट कालीकोट- जिल्लामा रहेको एकमात्र झरना,पचलाझरना अबलोकन गर्ने पर्यटकहरुमा बृद्धी भएको छ ।
पछिल्लो चरणमा गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गरि पहिचान गरेपछि झरना अबलोकनमा आउने पर्यटकहरु बढेका हुन ।गाउँपालिकाकै पहलमा पचाल झरना देशकै ६४,औँ पर्यटकीय गन्तव्य स्थानमा पर्न सफल भएको छ ।

यो झरना नेपालको सवै भन्दा अग्लो झरना हो ।यो नेपालको मात्र नभएर एसियाकै अग्लो झरना भएको दावी गरिएको छ । यसको लम्वाई ३८१ मिटर रहेको छ ।
देश संघिय संरचनामा गैसके पश्चात वनेको स्थानीय सरकारको पहलमा यसको औपचारिक नाप लिएको थियो । यसको वास्तबिक उचाई पत्ता लागेसंगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ ।यसको चर्चा बढेसंगै झरना हेर्न आउने पर्यटकको संख्या दिन प्रतिदिन बढदो रहेेको गाउँ पालिकाले जनाएकाे छ।
झरना हेर्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मध्यनजर गर्दै सडक, होमस्टेहरु सन्चालन गरिनुका साथै झरनालाई थप प्रचारप्रसार, विकाश र व्यवस्थित गर्दै देशकै नमुना पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरिने गाउँपालिका अधयक्ष खड्कराज सेजुवाले जानकारी दिनु भयो।










ई-कर्णाली खबर
१६ पुष २०७७, बिहीबार ०३:५०