उपप्रमुख शाहीले जोगाईन सुत्केरी महिलाको ज्यान
ललित बिष्ट कालीकोटः जिल्लाको रास्कोट नगरपालिका वडा नं ९ की एक महिलालाई सुत्केती ब्यथा लाग्यो । पेटमा वच्चा उल्टो भएकै कारणले उहाँलाई सुत्केरी ब्याथाले धेरै च्याप्यो । उद्धारका लागि रातीको समयमा कुनै पनि निकाय आफ्नो पहुँचमा थिएनन ।
केही दिन अगाडी श्रीमानको कुटाई वाट घाईते भएकी अम्सरा तिरुवा न्याय खोज्न रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाही कहाँ पुग्नु भएको थियो । त्यही चिनजानका कारणले उनले मेरो ज्यान जोगाउन उपप्रमुख संग कुरा पुगाईदिन छिमेकीलाई भनिन ।
रातीको एक वजे उपप्रमुख शाहीको मोवाईलमा फोन आयो । अम्सरा तिरुवा लाई सुत्केरी ब्याथाल च्यापेको छ । वच्चा जन्मीने कुनै छाट छैन । लौ न हजुर के गरौ भन्ने । त्यही वेला उपप्रमुख मिमसराले रास्कोट सामुदायिक अस्पतालका डाक्टर भोजराज बमलाई खवर गर्नु भयो । उहाँको फोन पनि समयमै रिसिभ भएपछि सुत्केरीको ज्यान जोगाउन सजिलो भएको उपप्रमुख शाहीको भनाई छ । उहाँले भनेको समयमा फोन लागेको र रिसिभ समेत भएकाले उहाँको ज्यान जोगिएको प्रतिक्रिया दिनुभयो ।
हामीले गर्ने सहयोगमा कहि कतै वाँकी रहेन । कहिले काही फोन सम्पर्क नभएकाले कसैले दुख पाउनु हुन्छ । तर हामीलाई खवर पुगिसकेपछि सहयोगमा कुनै तलमाथि हुदैन उपप्रमुख शाहीले वताउनुभयो । अस्पतालका डाक्टर बम सहितको टोलीले सुत्केरीको उद्धार गरेर हरेक बिधि अपनाएर वच्चाको जन्म गरायो । सुत्केरीको अवस्था पनि ठिक छ।
सुत्केरीलाई खाना दिने पनि कोही नभएकाले उपप्रमुख शाहीले आफुले भक्तानी दिने भन्दै खानाको ब्यवस्थापन गर्न समेत भन्नु भएको थियो । सुत्केरी पोषण देखि न्यानो कपडा लगाएतमा उपप्रमुखले सहयोग गरेपछि गाउँका अरु महिलामा पनि सरकार भएको अनुभुतीको पाईएको छ । स्वास्थ्यक्रर्मीले पनि आफ्नो जिम्मेवारी पुरा गरेको पाइन्छ ।
महिला हिन्सामा परेकी थिईन अम्सरा ।
१६ दिने लैगिक हिन्सा बिरुद्धको अभियान सुरु भएकै दिन अम्सरा तिरुवा श्रीमानको निर्घात कुटाईवाट घाईते भएपछि न्यायको खोजिमा रास्कोट नगरपालिका र प्रहरी चौकी सम्म पुगिन । श्रीमानले नै कुटेकाले उहाँको साहरा भन्ने कोही थिएन । कानुन हेर्ने अर्ध न्यायिक निकायले पनि मान्छेको जिवन स्तर हेरर सहजिकरण गर्ने गर्छ ।
दलित महिला त्यस भित्र पनि श्रीमानको कुटाईले घाईते भएकी उनका लागि साहरा वनेकी थिईन रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाही । उहाँले सबै कुरा वुझेर धेरै वच्चाको आमा भईसकेकीले सम्वन्ध बिच्छेद गराउन पनि सक्नु भएन ।
आईन्द्रा यस्तो भएमा कानुनी कार्वाहीका लागि कुनै कसुर वाँकी नराख्ने भन्दै प्रहरी चौकी लिएर कागज गराएर श्रीमान डब्बले तिरुवालाई एक पटकलाई माफि भन्दै घर पठाएकी थिएन । उनिहरु बिचमा राम्रो चिनजान त्यही वेला भयो र आज आएर उद्धारमा पनि सहज भएको स्थानीयको भनाई छ ।









ई-कर्णाली खबर
१६ पुष २०७७, बिहीबार ११:५१