Loading... आजः २१ मंसिर २०८२, आईतवार

५ दिन देखि वन्द बिद्यालयको ताला अझै खुलेन,

ताला नखुल्दा बिद्यार्थीको पढाई अवरुद्ध

ललित बिष्ट दैलेख ः जिल्लाको आठबिस नगरपालिका वडा नं ५को पिपलकोटमा रहेको दिप माध्यमिक विद्यालयमा ताला बन्दी गरिएको छ । पाँच दिन अगाडी देखि लगाएको ताला नखुल्दा बिद्यार्थीको पढाई अवरुद्ध भएको छ ।

 

 

बिगत दुई वर्ष रिक्त रहेको बिज्ञान र अंग्रेजी बिषयका शिक्षक नभएर पढाईमा समस्या भएको भन्द्र बिद्यार्थीले शिक्षक नियुक्ती तुरुन्त गर्न माग गदै ताला लगाएका थिए । तर बिद्यालय प्रशासन र अबिभावकले ध्यान नदिदा बिद्यार्थीलाई थप समस्या भएको हिमालय प्राथमिक विद्यालयका शिक्षक बलभद्र आरुपाटे मगरले जानकारी दिनु भयो ।

 

 

बिद्यालयमा शिक्षक नियुक्ती गर्न नसकेको बिषयमा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष कर्णवहादुर आले मगरले पटक पटक सुचना गर्दा कुनै पनि शिक्षकले दरखास्त नदिएका कारणले नियुक्त गर्न नसकिएको वताउनुभयो ।