भित्रिखोला लगु जलबिधुत आयोजनाको काम अलपत्र
ललित बिष्ट दैलेखः जिल्लाको आठबिस नगरपालिका वडा नं ६ को भित्रिखोला लघु जलबिद्युत आयोजना अलपत्र परेको छ । ३०किलोवाड सम्मको आयोजनाको काम अलपत्र परेको हो।
आयोजनाको काम अलपत्र हुदा नगरपालिकाको पिपलकोट, गोर्खि, लयापातल, चिहुरीका एकहजार अाठसय बढी स्थानीय वासिन्दाले बिद्युतको उज्यालो पाउने अनिश्चित भएको छ ।बिद्युत आयोजना निमार्णका लागि नगरपालिकाले गत आर्थिक वर्षमा २२ लाख वजेट दिएको नगरपालिकाले जनाएको छ । २२ लाखको समान खरिद गरेर सडकमा अलपत्र छ ।
पावर हाउस निमार्ण र लाईन खोद्नका लागि कुनै पनि वजेट नभएको भन्दै काम अलपत्र परेको उपभोक्ता समितिले जनाएको छ । लागत अनुमान आर्थात पिडिआर गर्ने निकाय सम्पर्कमा नभएकाले पनि काममा अवरोध भएको एकथरीको भनाई छ ।
उपभोक्ता समितिका अध्यक्ष जगत भन्डाराले सामान खरिद गरेका छैउ स्थानिय सरकारले सहयोग गनु पर्छ हामिले अबको बैशाख भित्र काम सम्पन्न गर्ने गरी काम भईरहेको दावि गरेका छन।









ई-कर्णाली खबर
१७ पुष २०७७, शुक्रबार ०२:२४