Loading... आजः २१ मंसिर २०८२, आईतवार

प्रअले शिक्षिकालाई कुटपिट

ललित बिष्ट कालिकोट जिल्लाको पाँलता गाउँपालिका वडा नं ८ को महादेव आधारभुत बिद्यालय वेर्सनकोट दाम्रीका प्रअले आफ्नै बिद्यालयका शिक्षिकालाई कुटपिट गर्नु भएको छ ।

 

बिद्यालयकै बिषयमा बिवाद भईरहेका वेला प्रअ तुलाराज राेयाले बिद्यालयका सका पानकली अधिकारीलाई कुटपिट गरेपछि न्यायका लागि जिल्लामा पुग्नु भएको छ । १५ गते बिदालयको वैठक भएको थियो ।

 

तुलाराजको लाईसेन्स पनि नक्ली भएको आंसंका भएकाले आफुले के हो भन्दा आफ्नो कृति वाहिर लिन्छ यसलाई यतै ठिक पार्नु पर्छ भन्दै आफु माथि कुटपिट गरेको शिक्षिका अधिकारीले वताउनुभयो । उहाँले बिदालयमा कार्यालय सहयोगी  मात्र थिए उनले उल्टै मलाई समाते उसले मनलाग्दी गरेर कुटपिट गरेकाले आफुलाई न्याय दिने ठाउँ कतै नपाएर जिल्लामा आएको वताउनुभयो ।

 

आज आउदा ढिलो भयो । जाहेरी लेखाईकी छु ।अव भोली शनिवार भएकाले आईतवार जायरी दर्ता गराउने र कानुनी वाटो वाट अगाडी वड्ने अधिकारीले वताउनुभयो ।