Loading... आजः २१ मंसिर २०८२, आईतवार

कालीकोटमा नेकपा बिवाद, नेताको हुलमा जनताको चासो छैन,

ललित बष्टि कालिकोट– नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिवादले कालीकोटमा भने अच्चमको सन्देश दिएको छ । सत्ता रुढ नेकपा र बिद्रोही नेकपाका छुट्टा छुट्टै भेला भएका वेला नेताहरुको हुल प्रचण्ड माधव नेपाल सहुमा देखियो । सबैले एक स्वरमा भने हामी ओली बिरुद्धको कदम सच्चाउने लाईनमा रहेको प्रतिक्रिया दिए ।

 

प्रचण्ड माधव समुहले आयोजना गरेको गएको १४ गते बिरोध सभामा नेताहरुको ठुलो हुल मात्र देखिएपछि एका एक सबै नेताहरुको भेला भयो । जनताको साथ हामीलाई भएन ।

 

 

पार्टी कमिटिको त पुरै दुई तिहाई भन्दा वढि भएपनि जनताले साथ नदिदा समस्या हुने भन्दै छलफल भएपछि सडकको पहँच भएको ठाउँमा कार्यकर्तालाई परिचालन गरेर गाडीका गाडी पठाएर जनता ल्याउन लगाएको नेकपा प्रचण्ड माधव समुहका एक नेताले वताउनुभयो । उहाँले कार्यकर्ताको हुल भएपनि जनताको सर्मथन भने नभएको हामीले समिक्षामा समेत कुरा राखेको वताउनुभयो । त्यसपछि मुख्यमन्त्रीले यातायातको पहँच हुने ठाउँवाट जनता ल्याउन निर्देशन गरेपछि जनतालाई गाडीमा राखेर प्रर्दशनमा जनताको साथ छ भनेर देखाएको ति नेताले भन्नुभयो ।

 

मलाई सुचना दिएको नभन्नुहोला । म यसै त उनिहरुको नचरमा खराव छु ।अझै सुचना दिएको जानकारी पाएपछि मलाई कार्वाही गर्न सक्छ । निकै दबिएको महसुस गदै नेताले आफु जनयुद्ध काल देखिको सिनियर कार्यकर्ता भएपनि आफुलाई मौसमीहरु अर्थात अवस्था हेरी पार्टीमा लाग्ने गुरुपले पछि पारेको गुनासो गर्नुभयो ।

 

 

नेकपा नेताको भनाईमा स्थानीय रजवहादुर खड्काको समेत भनाई मिलेको छ । खाँडाचक्र नगरपाकिला वडा नं दुईको दलित वस्ती पहिला देखि नै माओबादी केन्द्रको पक्षमा छ । पुस १४ को प्रदर्शन सफल पार्ने वडा नं दुईको दलित वस्ती नै भएको उहाँले वताउनुभयो ।

 

 

नेकपा दुई भागमा बिभाजन पनि नेकपा माधव प्रचण्ड समुहमा नेता र कार्यकर्ताको ठुलो हुल छ । तर ओली पक्षमा नेता कम र जनता वढि भएको अनुमान गर्न थालिएको छ । ओली पक्षले पुस १५ गते आयोजना गरेको कार्यकर्ता भेलामा नयाँ नेता भन्दा पनि एमाले स्थापना गर्ने पुराना नेताहरुको हुल देखिएको थियो ।

 

 

कालीकोट एमाले सस्थापक राजेन्द्र थापाका साथमा पुराना एमाले कार्यकर्ताको भिड देखिएको खड्काले वताउनुभयो । उहाँले यसले के सिनारी देखाउछ भने नेताको गुरुप प्रचण्ड नेपाल तिर छ भने जनताको गरुप केही निरास छ । केही ओली पक्ष संग छ । यसले भोलीको चुनावमा नेकपालाई पराजयको दिशामा लैजाने संकेत देखिएको छ । उता नेपाली काग्रेसका नेताहरुले पनि यही मौकामा चौका हान्ने योजना वनाएका छन । कार्यकर्तामा पनि बिभाजन भएका वेला जनताले साथ दिने नेपाली काग्रेसको वझाई छ ।

 

 

दुई पटक सम्म पराजय भएर पनि नथाकेका काग्रेस नेता भुपेन्द्रजंग शाहीले आफुलाई कुनै वेला जनताले माया गरेर जिताउने आशा गर्नु भएको छ । मैले काम गर्छ भन्ने जनतालाई बिश्वास छ ।

 

 

म पदमा नहुदा त कोरोना प्रभवित क्षेत्र देखि वाढी प्रभावितका साथै गरिवको चुलो वाल्न सहयोग गरेको स्मरण गराउदै पदमा पुगेमा कालीकोटको बिकास गर्छ भन्ने जनतामा भरोसा भएकाले अव आफुले नहार्ने बिशवास शाहीको छ ।