कालिकोटमा बिप्लव बिरुद्ध प्रहरी अप्रेशन दुईजना पक्राउ
कालिकोट । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा बिरुद्ध प्रहरीले अप्रेशन सुरु गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा पाटी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डको गृह जिल्लामा त्यस पाटीले पछिल्लो समय आफ्ना गतिबिधिहरु ब्ढाएपछि प्रहरीले पनि बिप्लव बिरुद्ध अप्रेशन सुरु गरेको हो ।
प्रहरीले सुरु गरेको अप्रेशनकै क्रममा आईतबार नेकपाका पाटी प्रवक्त बिश्वकर्माकै गृह गाँउपालिका नरहरीनाथ गाँउपालिका वडा नं. ९ लालुको चौथा स्थित बर्ष ३६ का दुर्गबहादुर बोहोरोको घरबाट बिप्लवको हात हतियार बनाउने प्राबिधिक सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी चक्रबहादुर शाहाले स्थानिय सुराकीको आधारमा बिप्लवका हातहतियार बनाउने प्राबिधिक दुर्ग बोहोराको घरबाट केही बिस्फोटक पदार्थ र बिस्फोटक पदार्थ बनाउने कच्चा पदार्थ सहित दुर्ग बोहोरा र उनका सहयोगी नेकपाका पुर्णकालिन सदस्य जाजरकोटका भेरीमालिका गाउपालिका वडा नं. २ का पदमबहादुर पुनलाई पक्राउ गरिएको जानकारी दिए ।
उनले जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक महेशबिक्रम शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले दुर्गबहादुर बोहोराको घरमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेका बिप्लव नेतृत्वको कार्यकर्ता र जफत गरिएका सामानहरु सोमबार सार्बजानिक गर्दै प्रहरीले बिप्लव बिरुद्ध कडा अप्रेशन सुरु गरेको जनाएको छ ।
प्रहरी प्रमूख शाहाले भने, जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराधिक गतिबिधिहरुलाई निष्तेज बनाउने प्रहरीको दायीत्व हो । यसमा हामी लागि परेका छौँ । उनले थपे, पछिल्लो समयमा जिल्लामा बिप्लव समुहले आफ्ना गतिबिधिहरु बढाएकाले उनीहरु बिरुद्ध पनि प्रहरी सक्रिय बनेको छ । हामी यस जिल्लालाई अपराध मुक्त बनाउन प्रयत्नशील छौँ । यसमा सबैको सहयोग आवश्यक छ ।
बिप्लव बिरुद्धको अप्रेशनमा नरहरीनाथ खटिएका प्रहरी निरिक्षक महेशबिक्रम शाहीका अनुसार बिप्लव समुहका प्राबिधिक बोहोराको घरबाट एक थान प्रेसर कुकर बम, सकेट, वायर, बन्धुक, जेवाले, डेटेनेटर १४ थान, सकेट ११ थान, ब्याटि चार्जर, सेफ्टी फ्युज, गन्धक १ किलोग्राम, सेलो टेप, हात हतियार बनाउने सम्बन्धि किताब, विप्लव समुहको राजनीतिक प्रतिबेदन, नमस्ते वइलकम कार्ड ११ थान, इस्काई १ थान, दुई वटा मोबाईल लगायत बिस्फोटक पदार्थ बनाउने बच्चापदार्थहरु समेत नियन्त्रणमा लिईएको छ ।
प्रहरीले उनीहरु बिरुद्ध बिस्फोटक पदार्थ सम्बन्धि कसुर अन्तरगत मुद्धा दर्ता गर्ने तयारी गरेको छ । पक्राउ परेका दुर्गबहादुर बोहोराको बाँया हात छैन् । उनी तत्कालिन नेकपा माओबादीले सुरु गरेको जनयुद्धताका पनि बिस्फोटक पदार्थ बनाउने प्राबिधिक रहेको प्रहरीले प्रारम्भीक अनुसन्धानमा खुलेको जनाएको छ ।









ई-कर्णाली खबर
२० पुष २०७७, सोमबार ०५:००