कर्णाली राजमार्ग अवरुद्ध !
कालिकोट कर्णाली राजमार्गको तिलागुफा नगरपालिकाकाे बालीघाटमा ठुलो ढुँगा खसेपछि सडक अवरोध भएको छ । आइतबार राती बाट आएको वर्षा सहितको हिमपातका कर्णाली राजमार्गको बालीघाटमा ठुलो ढुंगा खसेको हो ।
सड्कमा ढुंगा खसेपछि यात्रुलाइ आवतजावत गर्न समस्या भएको छाप्रे प्रहरी चौकीका असई खगिराम थारु मगरले जानकारी दिनुभएको छ ।
सडक अवरोधका कारण जुम्ला– सुर्खेत र सुर्खेत–जुम्ला आउने जाने ठुला तथा साना सवारी साधनहरुको रोकिएको र समस्या भएकाे उहाँले बताउनु भयाे।
सडक माथिबाट खसेको ढुंगाले स्थानीय भिमबहादुर बिष्टको दुई तल घर पुर्णरुपमा क्षेती भएको छ । सडकमा खसेको ढुंगा हटाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले बताउनु भयो ।

तस्बिर









ई-कर्णाली खबर
२० पुष २०७७, सोमबार १२:४१