पत्रकार नेपालीलाई प्रेस काउन्सिलको लेखनवृत्त
दैलेख ः प्रेस काउन्सिल नेपालले प्रदान गर्न लागेको लेखनवृत्ति पुरस्कारको लागि दैलेखका पत्रकार हिक्मतबहादुर नेपाली छनोट भएका छन् । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषको सोमवार बसेको बैठकले लेखनवृत्तिको अन्तिम नतिजा सार्वजनिक गरेको हो । प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जना आवेदक छानिएको प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषका सदस्य–सचिव झबिन्द्र भुसालले जानकारी दिए ।
२१ जना मध्ये कर्णाली प्रदेशको दैलेखबाट पत्रकार नेपाली पनि छनोटमा परेका हुन् । काउन्सिलले २०७६ चैतदेखी २०७७ मङ्सिरसम्म प्रकाशित÷प्रसारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामुलक लेख तथा समाचार सामाग्री माग गरेको थियो । तोकिएको मापदण्डमा रहेर आवेदन दिएकाहरूलाई उनीहरूका सामग्रीको मुल्याङ्कन गरी नाम छनोट गरिएको हो । पत्रकार नेपाली विगत ७ बर्षदेखि दैलेखबाट पत्रकारिता गर्दै आएका छन् । उनि हाल अन्नपूर्ण पोस्ट्को जिल्ला संवाददाता तथा ज्वाला सन्देश अनलाइनमा कार्यरत छन् । उनि पञ्चकोशी खबर दैनिकका सम्पादक हुन् ।









ई-कर्णाली खबर
२२ पुष २०७७, बुधबार १६:४४