Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

म नहुन सक्छु! -गजल

#मन!ललित बिष्ट
छिटो आउ पछि आउँदा म नहुन सक्छु!
घाम ढल्केर जुन उदाउँदा म नहुन सक्छु!

लागेका तिता,मिठा कुराहरु अहिले भन,
भन्न मन लागेर सम्झाउँदा म नहुन सक्छु!

दिल बन्दगी छ मेरो छोडेर अरु केहि माग,
मागेर पनि खुशि जन्माउँदा म नहुन सक्छु!

अाठबिस नगरपालिका ५ दैलेख


error: Content is protected !!