विद्यालयमा जनचेतना जगाउदै नेपाल प्रहरी
कालिकोटः जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा प्रहरिचौकी मेहलमुडीको टोलिले विद्यालय स्तरमा जनचेतना मुलक कार्यक्रम गरेको छ । प्रहरि चौकि मेहलमुडीका प्रहरी सहायक निरिक्षक नर बं के.सि को संयोजकत्वमा पंचदेवल माबिको प्राङगडमा सो कार्यक्रम भएको हो । उक्त कार्यक्रममा पंचदेवल माबि का कक्षा ८,दखि कक्षा १२ सम्मका कम्तिमा २ सय जना बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।
विद्यार्थिहरु उज्वल भविस्यका निर्माता भएकाले विद्यायलय स्तरबाटै विद्यार्थिको ८० प्रतिशत चेतना अभिबृद्धि हुनुपर्ने प्रहरीले दाबि गरेका छन । शिक्षा संगै विद्यार्थिहरुलाइ मानसिक स्वास्थ्य,सान्त्वना र सहानुभुतिको आवश्यकत्ता अपरिहार्य भएको बताका छन । चतनामुलक शिक्षाको अभावका कारण बर्षेनि सयौं विद्यार्थिहरुले आत्मा हत्या समेत गरिरहेका केसिले बताए ।
१० देखि १९ बर्षका किशोरावस्थाका बालबालिकाहरु भविस्यको मार्गदर्शन र आत्मानिर्णय प्रति असक्षम हुनेहुदा उनिहरुलाइ लज्जास्पत र आत्मागलानि हुने क्रियाकलापबाट घर,समाज र विद्यालय सजक रहनु पर्ने बताए ।
शिक्षाचेतना मुलक हुनुपर्छ र विद्यालयबाट नै बालबालिहरुलाइ सरोकारवाला सबैले सचेत गराउन सके समाजमा बिकृति विसंगति वालविवाह,घरेलु हिंसा,जातिय विभेद तथा छाउपडि प्रथा , लागु औषत तथा दुर्बेशन,र वालश्रम जस्ता घटनाहरु पुर्णरुपमा निर्मुल पार्न सकिने प्रहरि सहायक निरिक्षक के.सि ले बताए । tilanews बाट सभार









ई-कर्णाली खबर
२४ पुष २०७७, शुक्रबार ०२:४७