Loading... आजः २१ मंसिर २०८२, आईतवार

तुइन चढाएर एम्बुलेन्स डोल्पा लगियो

ललित बिष्ट कालिकोट -जिल्ला अस्पताल डोल्पामा एम्बुलेन्स  नहुदा सेवा दिनलाई नदीकाेे तुइनबाट एम्बुलेन्स नदी पार गरिएको छ।

सुर्खेतबाट झन्डै पाँच दिनमा  डोजर र तुईनकाे सहयोगमा उक्त एम्बुलेन्सलाई ‘पहिलो पटक’ डोल्पा पुर्‍याइएको हो।

झन्डै दुई दर्जन मानिसले चार घण्टा लगाएर एम्बुलेन्सलाई तुइनमा ठूली भेरी नदी तारेर सदरमुकाम दुनै पुर्याइएको      चिकित्सक डा. प्रशन्न कार्कीले बताए ।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. प्रशन्न कार्कीले उक्त एम्बुलेन्स दुर्गम डोल्पाको स्वास्थ्य सेवा सुधारमा सहयोगी बन्ने आशा व्यक्त गरेका बताए ।