Loading... आजः २० मंसिर २०८२, शनिबार

प्रधानमन्त्री ओली धनगढीमा


धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान धनगढी पुगेका छन्। श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी आइपुगेका हुन्।नेकपाका नेता नारदमुनी रानाका अनुसार प्रधानमन्त्री ओली केही बेरअघि धनगढी आइपुगेका हुन्।

 

प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक धनगढी जानेछन्। केहीबेर त्यहाँ विश्राम गर्ने कार्यक्रम रहेको रानाले  बताए। त्यसपछि दिउँसो उक्त बैंकबाट नजिकै रहेको धनगढी खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्।

 

प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन्। प्रधानमन्त्री ओली नेतृत्वको दलले सुदूरपश्चिममा बुधबार भेला गरेर प्रदेश कमिटीसमेत विस्तार गरेको थियो। सुदूरपश्चिमका ईञ्चार्ज भीम रावललाई कारवाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको थियो।