Loading... आजः २१ मंसिर २०८२, आईतवार

काँग्रेस युवा नेता भुपेन्द्रजंग शाहीद्वारा निर्माणाधिन भैसिगाैडा पक्कि पुलकाे अनुगमन

 कालिकोट –  नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, नेपाली काँग्रेसकी महिला नेतृ कालिकाेटकी सफल निर्माण व्यवसायी तारा शाहा, प्रेस युनियन कालिकाेटका अध्यक्ष बिष्णु न्याैपाने लगायतकाे टाेलीद्वारा निर्माणाधिन भैसिगाैडा माेटरेबल पक्कि पुलकाे अनुगमन गरिएकाे छ ।

 

 

नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीकाे पहलमा निर्माण हुन लागेकाे उक्त पक्कि पुल एक महिना भित्र निर्माण सम्पन्न गरि गाडी गुडाउने तयारी रहेकाे छ । जुन पुल काँग्रेस नेता शाहीले २०७० सालकाे दाेस्राे संविधान सभा निर्बाचन पराजय भएपछि सिलान्यास गर्नु भएकाे थियाे । याे पुल कालिकाेटकै पहिलाे शाखा सडक जाेड्ने पक्कि पुल हाे ।

 

पुलकाे अनुगमन गर्दै काँग्रेस युवा नेता शाहीले अाफुले पटक पटक कालिकाेटमा निर्बाचन हारेपनि यहाँकाे विकास निर्माण र जनताकाे सुख दुखमा सधै साथ दिने बताउनुभयाे । उहाँले अाफुले एक पटक जनताबाट निर्बाचित हुने अवसर पाए कालिकाेटलाई मुलुककै नमुना जिल्ला बनाउने सपना रहेकाे बताउनुभयाे । उहाँले सधै जनताकाे मतले निर्बाचित भएका जनप्रतिनिधिहरुले अाफ्नाे व्यक्तिगत स्वार्थमा लिप्त भएकै कारण कालिकाेट विकासका हिसावले निकै पछाडी परेकाे दाबी गर्नुभयाे ।

 

भैसिगौडा पक्कि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी तारा शाहाले बताउनुभयाे । उहाँले अबकाे एक महिना भित्र निर्माण कार्य पूरा गर्ने प्रतिबद्वता जनाउनुभयाे ।

 

जसले गर्दा तिलागुफा नगरपालिका र महावै गाउपालिका लगायतका गाउबस्तिका नागरिकहरुलाइ भारि बोकेर पसिना बगाउदै हिड्न पर्ने दुख हट्नेछ र सडक यातायात सङ सहज पहुच पुग्नेछ।