कर्णाली करिडाेरमा चल्ने गाडिमा भाडादर अनिवार्य ।
कालिकाेट – कर्णाली करिडाेरमा संचालन भईरहेका गाडिमा अनिवार्य भाडादर राख्नु पर्ने जिल्ला स्तरिय सर्वदलिय बैठकले निर्णय गरेकाे छ ।
यातायात व्यावसायिहरूले यात्रुबाट मनपरि भाडा अशुलेकाे गुनासाे अाएपछि यातायात समिति,जिल्लाका राजनितिक दल र नागरिक समाज, पत्रकारहरू बिच भएकाे सर्वदलिय बैठकले अब देखि कर्णाली करिडाेरमा संचालनमा अाएका गाडिमा अनिवार्य रूपमा भाडादर टासेर ताेकिएकाे भाडा लिने र मनपरि भाडा लिएमा रूट पर्मिड समेत खारेज गर्ने निर्णय गरेकाे छ ।
कर्णाली करिडाेरमा अहिले संचालन भईरहेका, ३० वटा जिप, र २६ वटा मालवाहक ट्रक संचालनमा छन, केही अाधिकारिक रूपमा संचालन अनुमति पाएर संचालनमा छन भने, केही सवारी साधन अनुमति नपाएरै संचालन भएकाले एक हप्ताभित्र अनुमति बिना चलेका सवारि साधनले, प्रक्रियामा जान समय दिएकाे छ ।
यात्रुकाे मर्कालाई मध्याजर गर्दै अर्काे बैठकमा करिडाेरमा मिनिबस संचालन गर्ने पनि निर्णय गरेकाे छ ।
एक यात्रुकाे साथमा रहेकाे २५ किलाे सम्मकाे सामानकाे भाडा नलिने, र २५ किलाे भन्दा माथि सामान भएमा सामानकाे भाडा लिन सवारि साधनलाई निर्देशन दिएकाे छ ।
साथै बैठकले, लालिघाट देखि, रास्काेट,जारकाेट, घुराबगर नरहरिनाथ, शान्नि तिवेणि गाउँपालिकामा सम्म संचालन हुँने सवारि साधनले अाफ्नाे समय अनुसार यात्रु नभरिएपनि पुग्ने ठाउँमा हिँड्नै पर्ने, निर्णय गरेकाे छ ।
बैठकले नरहरिनाथ गाउँपालिका र शान्नि तिवेणि गाउँपालिकामा पनि नियमित सवारि संचालन गर्ने निर्णय गरेकाे छ । याे भन्दा अगाढि, संचालनमा रहेका निजि गाडिले मनपरि भाडा, र सडक भएपनि गाडि चढ्न नपाएर दुख पाईरहेकाले,नरहरिनाथ र शान्नि तिवेणि गाउँपालिकामा गाडि नियमित संचालन गर्ने निर्णय भएकाे छ ।
निजि गाडिले अवदेखि रिजव भएमात्र संचालन गर्न पाउने, सामान र टिकट काटेर यात्रु बाेक्न नपाउने पनि निर्णय भएकाे छ ।
साथै बैठकमा मान्म बजारभित्रका सडकमा निर्माण सामाग्रि र पशु चाैपाय छाडा छाेड्न नपाउने भएकाे छ । सदरमुकाम मान्म बजारमा उत्पन्न चरम खानेपानिकाे अभावका बिषयमा बैठकमा घनिभुत कुरा उठेकाे थियाे । कुरा उठेपनि , नियमित पानी अाउछ भन्ने बिषयमा निर्णय भएकाे थियाे ।









ई-कर्णाली खबर
२४ पुष २०७७, शुक्रबार १०:४१