Loading... आजः २१ मंसिर २०८२, आईतवार

प्रधानमन्त्रीलाई संविधानको पुस्तक

ललित बिष्ट कालिकोट-  संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएको छ ।

 

 

आज जुलुस सहित कालिकोट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र सहित संविधानको पुस्तक पठाएका हुन् ।

 

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको नेकपा कालिकोट  जिल्ला पार्टी अध्यक्ष धनजित शाहीले जानकारी दिनुभयो ।

 

प्रधानमन्त्रीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उपलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम चालेको कर्णाली प्रदेश सांसद कुर्मराज शाहीले बताउनुभयो । उक्त कार्यक्रमा  पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम नेता रमेश शाही  नेकपाका केन्दीय सदस्य भिम आचार्य हिक्मत जङ मल्ल लगाएतका नेताहरु उपस्थीत थिए।