Loading... आजः २१ मंसिर २०८२, आईतवार

१ दिने पशु स्वास्थ्य सिबिर कार्यक्रम राष्कोटमा सम्पन्न

ललित बिष्ट कालिकोट- जिल्लाको राष्कोट नगरपालीकामा एक दिने पशु स्वास्थ्य सिबिर कार्यक्रम सम्पन्न भएको छ। पशुअस्पताल तथा पशु सेवा कार्यालय कालिकोटको आयोजना र साहस नेपालको सह आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

पशु सेवा कार्यालयका पशु सेवा प्राबिधिक दुर्ग बहादुर दर्जिको अध्यक्षता , राष्कोट नगरपालीकाका उप प्रमुख मिमसरा शाहीको प्रमुख आथित्यता तथा वाडा नः २ का अध्यक्ष दया राम सिम्खाडा र पशु बिकास निर्देशनालय का पशु चिकित्सक डा लोकेन्द्र न्यौपालेको बिषेश आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

 

उक्त कार्यक्रममा पालीकाका २५० घर धुरीका ८५० पशु पंञ्छीहरुलाई उपचार गरिएको जनाइएको छ । उक्त कार्यक्रममा कुकुरको बन्ध्याकरण पनि गरिएको प्रकार पाण्डेले जानकारी दिनुभयो ।