स्वास्थ्य र खाद्यको अधिकारका लागि शुभकालिका मानवअधिकार समूहको अभियान
कालिकोट । इन्सेकद्धारा कालिकोटको शुभकालिकामा गठित मानवअधिकार समूहले स्वास्थ्य,शिक्षा,खाद्य र आवासको अधिकारका लागि अभियान सञ्चालन गरेको छ । शुभकालिका गाउपालिकाका ८ वटै वडामा शिक्षा,स्वास्थ्य,खाद्य र अवसका समस्याहरुको समाधानका लागि विभिन्न क्रियाकलाप गर्दै अभियान सञ्चालन गरेको हो ।

अभियान अन्तरगत पुस २२ गते मानवअधिकार समूहको वैठक तथा समस्या सवाल पहिचान,पुष २३ गते खाद्य र आवासको अधिकार सम्वन्धि गोष्ठी र शुभकालिका गाउँपालिका ४ दलित वस्तीमा चरम खानेपानीको समस्याका विषयमा मागदावी पत्र पेस रेको छ ।
स्थानीय मानवअधिकार समूहका कावा अध्यक्ष सुष्मिता विकको अध्यक्षतामा भएको गोष्ठीमा गाउपाकिामा खाद्य र स्वास्थ्यको विषयमा छलफल भएको थियो ।
गाउपालिकाभित्र रहेका दलित वस्ती र विद्यालयहरुमा खानेपानीको समस्या रहेपनि हाल सम्म स्थानीय सरकारले समाधानमा चासो नदिएको भन्दै मानवअधिकार समूह,स्थानीय समुदायका अगुवाहरुले राष्ट्रिय योजना आयोगका सदस्य मिनवहादुर शाहीलाई निवेदन दिएका छन ।
भएकार्यक्रममा मानव अधिकार समूहले दलित बस्तीमा खानेपानी व्यवस्थापनका विषयमा बुझाइएको निवेदनमा गाउँपालिकामा पटक–पटक ध्यानाकर्षण पत्र बुझाइ सकेको भएपनि यसका विषयमा पालिकाले ध्यान नदिएको गुनासो गरिएको छ ।
निवेदन वुझ्दै आयोगका सदस्य शाहीले शुभकालिका लगाएत जिल्लाको खानेपानी,स्वास्थ्यका विषयमा योजना ओगको वठकमा राख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।









ई-कर्णाली खबर
२५ पुष २०७७, शनिबार १३:२३