Loading... आजः ४ बैशाख २०८१, मंगलवार

प्रचण्ड–माधव समूहलाई केपी ओलीले भने– पार्टी छाडेर भागेका भगौडाहरु

धनगढी । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताए ।

 

 

उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’ बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेको उनले बताए ।