Loading... आजः २१ मंसिर २०८२, आईतवार

खाद्यान्न र आवासको अधिकार सम्वन्धि खाँडाचक्रमा गोष्ठी सम्पन्न

कालिकोट/  जिल्लाका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कालिकोटको आयोजना र मानव अधिकार समूह खाँडाचक्रको सहकार्यमा खाँडाचक्र नगरपालिकामा आइतबार खाद्य र आवासको अधिकार विषयक सरोकार वालाहरु विच गोष्ठी सम्पन्न भएको छ ।

 

 

खाँडाचक्र नगरपालिकामा गठित मानवअधिकार समूहका संयोजक अविसरा अधिकारीको अध्यक्षतामा सञ्चालित गोष्ठीमा नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले अवको एक वर्ष भित्र रहेका खरका छाना मूक्त वनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै उहाले यस नगरपालिका भित्र रहेका ९ सय घरका खरका छाना मध्य १ सय ६५ घरको खरमुक्त गर्ने काम अन्तिम चरणमा पुगेको र वाँकी सवै घर आगामी अव २०७७÷०७८ भित्र पुरा गर्ने बताउनु भयो ।

 

 

कार्यक्रमको औचित्यमाथि प्रस्ट पार्दै इन्सेक जिल्ला प्रतिनिधि एवम पत्रकार कालीबहादुर मल्लले नागरिकको आधारभुत आवस्यकता भनेको आवास र खाद्य अधिकार भएकोले यी समस्या रहुन्जेल नगरपालिका सम्वृद्ध हुन नसक्ने धारणा राख्नु भयो । उहाँले शिक्षा, स्वास्थ्य खाद्य र आवास सम्बन्धी कार्यक्रममा बजेट वृद्धि गर्नु पर्ने बताउनु भयाे ।

 

 

स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि वनाउने कार्यक्रम अन्तरग खाडाचक्रमा स्थनीय समुहसँगको सहकार्यमा उक्त गोष्ठिी राखिएको हो । कार्यक्रममा कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत वस्नेत,खाँडाचक्र कृषि शाखा प्रमुखले खाडाचक्र नगरपालिकामा चारमहिना भन्दा धेरै खाना नपुग्ने घरधुरी भएकाले आत्मसनर्भर कृषि वनाउन लागि परेको वताउनु भयो ।

 

 

खानेपानी कार्यालयका प्रतिनिधि देवानन्द धितालले खाडचक्र नगरपालिका १ नम्वर वडाको खानेपानी समस्याको समाधान गर्न नगरपालिका अग्रसर हुनु पर्ने धारण राख्नु भयो ।