Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

कालिकोटमा योग दिवस सम्पन्न

 ललित बिष्ट  कालिकोट /    जिल्लामा योग दिवस मनाईएको छ । “गरौं योग डटेर, कोभीड जान्छ हटेर” भन्ने मुल नाराका साथ जिल्लामा योग दिवस सम्पन्न गरीएको हो।

 

 

जिल्ला समन्वय समितिको हलमा योग दिवस सम्पन्न कार्यक्रमा स्वास्थ्य सेवाका वरिष्ठ बैध लक्ष्मी प्रसाद पाण्डे प्रशिक्षार्थी कवि राज सापकोटा प्रमुख जसि प्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय प्रमुख चक्र शाह स्वास्थ सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.भीष्म प्रसाद पोखरेल, सुचना अधिकारी कटक बहादुर महत आयुबेर्द शाखा प्रमुख डा.प्रज्ञा उपाध्याय, वरिष्ठ बैध लक्ष्मी प्रसाद पाण्डे लगाएत विभिन्न राजनिती दलका प्रमुख तथा प्रतिनिधि, ब्यापारी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि पत्रकार नागरिक समाज लगाएत का ब्यक्ति को उपस्थिति रहेको थियो।

 

 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले हरेक मानिसले दैनिक योग गर्न जरुरी रहेको को र दैनिक रूपमा गरिने योगले मानिसको शारीरिक तथा मानसिक रूपमा फाइदा पुग्ने कुराको स्पष्ट पारेका हुन।

 

 

 


error: Content is protected !!