Loading... आजः ४ बैशाख २०८१, मंगलवार

ताप्लेजुङमा पर्यटक बढ्दै

ताप्लेजुङ – कोरोना महामारीका कारण १० महिनादेखि थला परेको पर्यटकीय क्षेत्र बिस्तारै चहलपहल बढ्दै छ ।विदेशी पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटकहरुकाे चहलपहल बढ्न थालेको हाे ।

ताप्लेजुङका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु घुम्न थालेका छन् ।  धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि बिस्तारै गति लिन थालेकाे छ।

 

 

कञ्चनजङ्घाको बेस क्याम्पमा समेत आन्तरिक पर्यटक जान थालेका छन् । स्थानीय सरकार तथा कञ्चजनजङ्घा संरक्षण क्षेत्रले पर्यटकीय क्षेत्र कञ्चनजङ्घा बेसक्याम्पसम्म पुग्ने बाटो राम्रो नबनाएको आरोप स्थानीय पर्यटकहरुले लगाएका छन् । बेसक्याम्पमा  बाटो अत्यन्तै अप्ठ्यारो र विकट भएको स्थानीयले बताउने गरेका छन्न।

जिल्लाभरि ९ वटा पालिकामा पर्यटन सम्बन्धित कार्यक्रम रहेका छन् । विभिन्न उद्यानहरु निर्माण तथा भ्यूटावरहरुको निर्माण कार्य भइरहेका छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको सुन्दर फुङ्फुङ्गे झरनाको गुरुयोजना तयार गरेर काम सुरु गरिएकाे छ । पालिका यस याेजनाकाे लागि ५० लाख रुपैयाँ विनियाेजन गरेकाे छ ।

 

 

 

जिल्लामा रहेको धार्मिक स्थल पाथीभराको बाटोलाई कालोपत्रे गर्नका लागि केन्द्र सरकारबाट बजेट आएको छ । पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत विभिन्न योजनाहरु आएका छन् ।

 

 

ताप्लेजुङमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरु आउन सुरु गरेका छन् । पाथीभरा तथा फुङफुङ्गे झरनामा आन्तरिक पर्यटकहरु आउन थालेको छन् । पर्यटकीय गतिविधि बन्द भएसँगै बन्द भएको होटल व्यवसाय पनि सुरु हुन थालेकाेे बताईएकाे छ।