Loading... आजः २० बैशाख २०८१, बिहीबार

कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा मृत्यु भएको छ ।

उनका छोरा अभिजित मुखर्जीले आफ्ना पिताको निधन भएको सूचना दिएको भन्दै भारतीय सञ्चारमाध्यम इन्डिया टिभीले समाचार प्रकाशित गरेको छ ।

भारतका पाका र प्रभावशाली राजनीतिज्ञ मुखर्जी कोरोना भाइरस संक्रमित थिए । उनलाई केहीदिन यता उपचारका लागि सैन्य अस्पतालमा भर्ना गरिएको थियो ।

केही दिनअघि उनको ब्रेनको सर्जरीसमेत भएको थियो ।