Loading... आजः ३ बैशाख २०८१, सोमबार

संसद बिगठन प्रधानमन्त्रीको अधिकार हो। केन्द्रीय सदस्य नन्दवहादुर शाही

कालिकोट/ संसदीय ब्यवस्थामा प्रतिनिधि सभा बिगठन गर्ने अधिकार प्रधानमन्त्रीको विशेष अधिकार हुने नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवालय सदस्य नन्नदवहादुर शाहीले बताउनु भएको छ ।

 

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा शुक्रवार मान्मस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्दै नेता शाहीले बन्दुक बोकेर जंगल गएको शिकारीमाथि कसैले आक्रमण गर्न खोजे बन्दुक पड्काएजस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रै घेरावन्दीमा पारेपछि प्रतिनिधि सभा बिगठन गरेर ताजा जनादेशको घोषणा गरेको बताउनुभयो ।

 

देशमा संसद खरिद बिक्री, अपहरण र राजनैतिक अपवित्र गठबन्धन गर्नुभन्दा चुनाबमा गएर जनमत लिनु सही विधि भएको तर्क गर्दै संविधानको प्रस्तावनामै संसदीय गणतान्त्रिक ब्यवस्था भनेर उल्लेख भएकाले संसद बिगठन गरेर चुनाब तोक्नु प्रधानमन्त्रीको विशेषअधिकार भएको तर्क गर्नुभयो ।

 

पत्रकार भेटघाटमा नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष नरदिप शाहीले प्रधानमन्त्री ओलीले कू गरेको प्रचार हास्यास्पद भएको बताउदै संसदीय शासन ब्यवस्था भएको देशको प्रधानमन्त्रीले चुनाब घोषणा गरेर जनमतको परिक्षण गर्ने घोषणा गर्नु नेकपा भित्रको आन्तरिक किचलो जिम्मेवार रहेको बताउनुभयो ।

 

नेमकिपा कोषाध्यक्ष रत्ना भण्डारीको अध्यक्षता र कार्यालय सचिव धनन्जय अधिकारीले संचालन गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टी सचिव खडकराज शाहीले माघ १० गतेको स्थापना दिवस मान्ममा भब्यरुपमा सम्पन्न गर्न तयारी पुरा भएको जानकारी दिदै सहभागी हुन जनसमुदायलाई आग्रह गर्नुभयो ।