Loading... आजः २२ मंसिर २०८२, सोमबार

‘नागरिक’ आन्दोलनमा नागरिक नै नआएपछि…

काठमाडौं, फागुन ८

शुक्रबार राजधानीमा स्वघोषित ‘नागरिक’ आन्दोलन भनेर एउटा कार्यक्रम गरिएको थियो । कहिले कसैको झण्डा बोकेर पार्टीको मत माग्दै त कहिले बलात्कार र हत्योको विरोधमा भन्दै स्वतन्त्र आन्दोलन भन्दै पार्टीको झण्डा बोकेर हिड्ने समुहमा आबद्धहरु पनि सहभागी थिए, त्यो आन्दोलनमा ।

 

तर, नागरिकहरु भने निक्कै कम देखिएका थिए । आन्दोलनमा कोही पनि उपस्थित नभएपछि त्यो समुहले मिडिया ट्रायल गरेको छ । नागरिक आन्दोलनमा नागरिक भन्दा प्रहरी बढि भनेर सो समुहमा आवद्ध सञ्चारमाध्यमले समाचारहरु प्रकाशित गरेका छन् । तर, यर्थाथमा नागरिक नै उपस्थित नभएपछि लाच पचाउन सो समुहले उल्टो समाचार प्रकाशन गर्न लगाए ।

 

प्रहरीले नागरिक आन्दोलन भनेपछि ठुलै समुहमा नागरिक उपस्थित होलान् भन्ने अनुमान गरेर प्रहरी सुरक्षाका लागि खटाएको थियो । तर, भईदियो उल्टो, नागरिक नै नआएपछि केही दर्जन व्यक्ति भएर केही पर्चा बोकेर प्रर्दशन गरे । तर, समाचार चाँही राज्य यो समुहसँग डरायो भनेर आन्दोलनकारी भन्दा प्रहरी ठुलो भनेर प्रचार गरे । janatatimesसाभार