Loading... आजः २२ मंसिर २०८२, सोमबार

सरकार र विप्लव समुहबीच वार्ताको तयारी, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

काठमाडौं, फागुन ८

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवको समुह र सरकारबीच वार्ता गर्ने तयारी शुरु भएको छ । विप्लव समुहले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने उल्लेख गरेको छ ।

 

विप्लवले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने अवस्था बने सरकारसँग वार्ता गर्न सकारात्मक भएको विज्ञप्तिमा उल्लेख गरेका हुन् । सरकारले प्रतिबन्ध फुकुवा गरे वार्ताका लागि सकारात्मक रहेको सन्देश विप्लवले विज्ञप्तिमार्फत् दिएका हुन् ।

 

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो’, शनिबार विप्लवले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

 

सरकारले विप्लव समुहको आग्रहलाई सकरात्मक रुपमा लिएको छ । वार्तामा आउने निश्चित भए प्रतिबन्ध फुकुवा गरेर अगाडी बढ्ने तयारी भईरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।  by-janatatimes